२३ मंसिर, एजेन्सी। लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकविरुद्ध अमेरिकी राज्य इन्डियानाले मुद्दा दायर गरेको छ। इन्डियानाका महान्यायाधिवक्ता टोड रोकिताले टिकटकको मूल कम्पनी बाइटडान्सलाई राज्यको उपभोक्ता संरक्षण कानूनको उल्लंघन गरेको आरोप लगाएकी छन्।
एपले युवा मानिसहरू र गोपनीयताको रक्षा गर्न असफल भएको राज्यले आरोप लगाएको छ।
यद्यपि, टिकटकले आफ्ना नीतिहरूमा युवाहरूको हितलाई ध्यानमा राखेको र यसले अमेरिकी राष्ट्रिय सुरक्षाका मुद्दाहरूलाई कुनै प्रभाव नपार्नेमा विश्वस्त रहेको बताएको छ।
इन्डियानाले बुधबार दुईवटा मुद्दा दायर गरेको छ। जस अन्तर्गत पहिलोले एपले युवा प्रयोगकर्ताहरूका लागि अनुपयुक्त सामग्री प्रसारण गर्ने रहेको छ। त्यस्तै, अर्कोमा भने टिकटकले संवेदनशील उपभोक्ता जानकारीमा पहुँच राख्ने चिनियाँ सरकारको क्षमता खुलासा नगर्ने आरोप लगाइएको छ।
रोकिताले टिकटक भेडाको आवरणमा लुकेको ब्वाँसो भएको प्रतिक्रिया दिएकी छिन्।
‘जबसम्म टिकटकलाई इण्डियानाका उपभोक्ताहरूको डेटामा हुने जोखिमहरूको बारेमा धोका दिने र बहकाउने अनुमति छ। तबसम्म ती उपभोक्ताहरू र तिनीहरूको गोपनीयता टिकटकको सजिलो शिकार हो।’ उनले भनेकी छन्।
उजुरीमा एपको एल्गोरिदमले विभिन्न प्रकारका अनुपयुक्त सामग्रीहरू जस्तै क्सी, सुर्ती, लागूपदार्थ, याैनजन्य सामग्री, नग्नता र तीव्र अपमानहरूलाई बढावा दिने आरोप लगाइएको छ।
उजुरीमा एप्पल र गुगल एप स्टोरहरूमा १२ वर्ष र त्यस माथिको उमेर रेटिङ भएका युवा प्रयोगकर्ताहरूलाई धोका दिने दाबी पनि गरिएको छ।
इन्डियानाले अनुचित र भ्रामक आचरण को लागि कम्पनी विरुद्ध दण्ड तथा जरिबानाको माग गरेको छ। रोकिताले बाइटडान्स विरुद्ध अमेरिकी राज्यले पहिलो पटक मुद्दा दायर गरेको बताइन्।
तर, टिकटकका प्रवक्ताले उपभोक्ताहरूको समुदायको सुरक्षा, गोपनीयता र सुरक्षा कम्पनीको शीर्ष प्राथमिकता भएको दाबी गरेका छन्।