२३ मंसिर, काठमाडाैँ। बिहीबार बिहानदेखि एनसेलको सेवा अवरुद्ध भएको थियो। एनसेलले एक सूचना जारी गर्दै माग्यो माफीको छ। सडक विस्तारका क्रममा बुटवल–बर्दघाट र दमौली–आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण एनसेल आजियाटा लिमिटेडले दिँदै आएको सेवा अवरुद्ध भएको हो।
एनसेलले कम्पनीका सम्बन्धित् मर्मतसम्भार टोलीहरू फिल्डमा खटाइसकेकाले चाँडै सेवा सुचारु गर्ने प्रयास भइरहेको र अप्रत्याशित घटनाले सेवामा पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं, भनि माफी समेत मागेको छ
यस्तै, अत्यावश्यक दूरसञ्चार सेवालाई सुचारु राख्नका लागि महत्त्वपूर्ण दूरसञ्चार पूर्वाधारको संरक्षणमा सजग रहन एनसेलले सबैलाई अनुरोध गरेको छ।
सूचनामार्फत एनसेल भन्छ, हामीलाई गर्नुभएको माया, विश्वास, समर्थन र समझदारीका लागि हामी सम्पूर्ण ग्राहक, साझेदार तथा शुभचिन्तकप्रति आभारी छौं। साथै, हामी भरपर्दो र गुणस्तरीय सेवाहरू प्रदान गर्न प्रतिवद्ध छौं। न्युजकारखाना