२९ मंसिर, एजेन्सी। अमेरिकी सांसदहरूले राष्ट्रिय सुरक्षाको चिन्तालाई उद्धृत गर्दै सर्ट भिडियो शेयरिङ प्लेटफर्म टिकटकमाथि प्रतिबन्ध लगाउन प्रस्ताव गरेका छन्।
यो प्रस्ताव चिनियाँ टेक कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको कम्पनीको विरूद्ध अमेरिकाको पछिल्लो कदम हो।
गत महिना एफबीआई प्रमुखले प्रयोगकर्ताहरूलाई प्रभाव पार्न वा उनीहरूको इलेक्ट्रोनिक्स डिभाइस नियन्त्रण गर्न सक्ने भन्दै यो एप प्रयोग गर्नुमा चिन्ता व्यक्त गरेका थिए।
तर, टिकटकविरूद्धको प्रस्तावले लामो बाधाको सामना गर्नु पर्नेछ।
अमेरिकामा टिकटकका १०० मिलियनभन्दा बढी प्रयोगकर्ताहरू छन्। अमेरिका र चीनको राजनीतिक मुद्दामा घुसारेर त्यहाँ टिकटकमाथि प्रतिबन्ध लगाउन खोजिएको आरोप लाग्ने गरेको छ। टेक विज्ञहरूले टिकटकले राष्ट्रिय सुरक्षामा कुनै खतरा नगर्ने बताइरहेका छन्।
अमेरिकामा प्रतिबन्ध लगाउने कुरा चलिरहँदा केही अन्य मुलुकमा भने टिकटक प्रतिबन्धित छ। ताइवानमा पनि प्रतिबन्ध लगाइएको टिकटकमाथि भारतले २०२० देखि प्रतिबन्ध लगाइरहेेको छ।