४ पुस, काठमाडाैँ। नवीकरणीय ऊर्जा प्रयोग तथा जलवायु परिवर्तनबारे भइरहेका अन्तर्राष्ट्रिय अभ्यास, सिकाइ र अनुभव आदानप्रदान गर्ने उद्देश्यले आजदेखि यहाँ शतप्रतिशत नवीकरणीय ऊर्जाः नीति, अभ्यास र अनुभव’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ ।
विश्व तापक्रम वृद्धिदरलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा नियन्त्रण गर्दै दीगो विकास लक्ष्य प्राप्ति गर्न खनिज इन्धनको प्रयोगलाई घटाउनुपर्ने हुँदा नवीकरणीय ऊर्जा भरपर्दाे विकल्पका रूपमा लिइएको छ । खनिज इन्धनको प्रयोगलाई क्रमशः घटाउँदै जलविद्युत्, सौर्य ऊर्जालगायत नवीकरणीय ऊर्जाको उत्पादन र उपयोग बढाउँदा आर्थिक, वातावरणीय र मानवीय स्वास्थ्यलगायत बहुआयामिक क्षेत्रमा नेपाललाई फाइदा पुग्नेछ ।
कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा मधुसुदन अधिकारी ‘१००% नवकरणीय ऊर्जा, नीति अभ्यास र अनुभव’ अन्तर्राष्ट्रिय सम्मेलनमार्फत् नेपालले नवीकरणीय ऊर्जा र जलवायु परिवर्तनका क्षेत्रमा गरेका प्रयासलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने अवसर प्राप्त हुने बताए । विश्वका अन्य देशहरूमा ऊर्जाका क्षेत्रमा प्रयोग गरेका नवीनतम प्रविधि र प्रयोगहरूका बारेमा जान्न र सिक्नका लागि यो सम्मेलन फलदायी हुने उनको धारणा छ । विश्व वन्यजन्तु कोष नेपालका राष्ट्रिय निर्देशक डा घनश्याम गुरुङले नवकरणीय ऊर्जा प्रयोगलाई उच्च प्राथमिकतामा राख्न सरकार, नागरिक समाज, निजी क्षेत्रले संयुक्तरूपमा काम गर्नुपर्ने बेला आएको बताए ।
शतप्रतिशत नवीकरणीय ऊर्जा परियोजनाले यही अवधारणालाई आत्मसात गर्दै नेपालमा ऊर्जा क्षेत्रमा कार्यरत सरोकारबालाबीच नवीनकरणीय ऊर्जाको प्रवद्र्धनका लागि संवादका कार्यक्रम सञ्चालन गर्ने बताउँदै गुरुङले ‘यस अन्र्तराष्ट्रिय सम्मेलनले पनि नवकरणीय ऊर्जाको आवश्यकता र सन्दर्भमा सरोकारवालाहरूलाई थप जागरुक बनाउने’ विश्वास व्यक्त गरे ।
नेपाल सरकारले सन् २०४५ सम्ममा कार्बन उत्र्सजनलाई शून्यमा (नेट कार्बन उत्सर्जन शून्य) झार्ने लक्ष्य लिएको छ । यो लक्ष्यलाई हासिल गर्न लागि सम्पूर्ण सरोकारवालाहरूले ऐक्यबद्ध भएर काम गर्नु जरुरी छ । शतप्रतिश नवकरणीय ऊर्जाः नीति, अभ्यास र अनुभव’ अन्तर्राष्ट्रिय सम्मेलन यही राष्ट्रिय लक्ष्यलाई सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
यस सम्मेलनमा सङ्घीय, प्रादेशिक र स्थानीय सरकारका ऊर्जा सम्बद्ध सरोकारवाला निकाय, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, अन्तर्राष्ट्रिय÷राष्ट्रिय गैरसरकारी सङ्घसंस्थासँगै दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, अफ्रिका र युरोपका १६ देशबाट प्रतिनिधिको सहभागिता छ । सम्मेलनमा सहभागी हुने विज्ञ प्रतिनिधि सम्बन्धित देशका सरकारी प्रतिनिधि, नवकरणीय ऊर्जाका क्षेत्रमा कार्यरत प्राविधिक व्यक्तित्व, विश्वविद्यालयका प्राध्यापक र ऊर्जा सम्बद्ध सरोकारवाला हुन । सम्मेलनमा कूल ७० जना सहभागीको सहभागिता छ ।