Trending:

अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन सार्वजनिक सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री गुरुङ इन-ड्राइभ चालकहरूको लागि आइएमई पेको नयाँ योजना शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले सञ्चालन गर्‍यो डीसी फास्ट चार्जिङ स्टेसन आइसिटी अवार्ड २०२४ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक बागडोलमा सीजी मोटर्सकाे अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा कम्प्युटर भाइरसका कारण राहदानी आवेदन प्रणाली प्रभावित टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै एलन मस्क : विश्वको मात्रै हैन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा पुनःनिर्वाचित हुन्डाईको आयोनिक ५ ईभी अब सय किलोवाटमा
अपडेट

कसरी पत्ता लगाइन्छ चोरीका सवारी साधन ?

कसरी पत्ता लगाइन्छ चोरीका सवारी साधन ?
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

४ पुस, काठमाडौं । नेपालका विभिन्न क्षेत्रबाट चोरिएका अधिकांश मोटरसाइकलको नम्बर र स्वरुप परिवर्तन गरेर चिन्नै नसक्ने गरी सञ्चालन हुने गरेको पाइएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यसरी स्वरुप नै परिवर्तन गरेर मोटरसाइकल सञ्चालन भएकाले पनि मोटरसाइकल फेला पार्न निक्कै कठिनाइ हुने गरेको छ । यद्यपि प्रहरीले मोटरसाइकलको इन्जिनको नम्बरका आधारमा धेरै मोटरसाइकल फेला पारेर धनीलाई बुझाउने गरेको छ ।

चालु आर्थिक वर्षको मङ्सिरसम्मको पाँच महिना मसान्तसम्ममा मात्रै ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका एक सय ९४ वटा मोटरसाइकल तथा स्कुटर फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उक्त अवधिमा मोटरसाइकल चोरीमा संलग्न १९ जनालाई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी परिसर र वृत्तमा बुझाइएको उनले बताए । उनीहरू मोटरसाइकलको नम्बर र स्वरुप परिवर्तन गरेर चलाइरहेको अवस्थामा पक्राउ परेका थिए । यसरी पक्राउ पर्नेमा रामेछापको दोरम्बा ५ घर भई हाल भक्तपुर बस्ने २२ वर्षीय रिदमबहादुर थापा मगर र सोही स्थान घर भई हाल काठमाडौंको सुन्धारा बस्ने २१ वर्षीय प्रेम थापामगर पनि रहेका छन् । उनीहरूलाई चोरीको मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि आज जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएको भट्टले जानकारी दिए ।

प्रवक्ता भट्टका अनुसार मोटरसाइकल चोरी गरेको अभियोगमा काठमाडौंको जरङ्खु बस्ने बझाङ दुर्गाथलीका २४ वर्षीय जैबहादुर बोहरा, काठमाडौं कोटेश्वर बस्ने सर्लाही बरथहवाका २३ वर्षीय मनोज मुखीया र कञ्चनपुर पुनर्वासका ३५ वर्षीय दुर्गा लामा स्याङ्तान पनि पक्राउ परेका छन् ।

प्रहरीले सुरुमा जैबहादुरलाई बाप्र–०२–०२३ प ९६९६ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको थियो । उनीसँगको थप अनुसन्धानका क्रममा मनोज र दुर्गा समेतलाई नयाँ बसपार्कबाट प्र ०२–०३० प ४५८० नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो । उनीहरूले मोटरसाइकलको नम्बर परिवर्तन गरी चलाएको अनुसन्धानबाट खुल्न आएको भट्टले बताए ।

यसैगरी बाग्मती प्रदेश–०२–०१६ प ६०२९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा भक्तपुर बस्ने रामेछाप दोरम्बाका २२ वर्षीय रिदमबहादुर थापा मगर र सोही ठाउँ घर भई काठमाडौं सुन्धारा बस्ने २१ वर्षीय प्रेम थापामगरले ललितपुर महानगरपालिका–९ मङ्गल बजार बस्ने धादिङ थाक्रे गाउँपालिका–७ का कञ्चन खत्रीको मोटरसाइकल चोरी गरेको पाइएको छ ।

उनीहरूले उक्त मोटरसाइकलको नम्बर परिवर्तन गरी बाप्र ०२–०१९ प ९५६४ नम्बर राखेर प्रयोग गरी हिँडिरहेका बेला ललितपुर ताल्छिखेलबाट पक्राउ गरेको भट्टले बताए । काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा ट्राफिक प्रहरीले खोजी अभियान तीव्र पारिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?