६ पुस, एजेन्सी। एलन मस्कले ट्विटरको सीईओबाट राजिनामा दिने भएका छन्। प्रयोगकर्ताहरूमाझ गरिएको सर्वेक्षणले उनी सीईओबाट हट्नुपर्ने मत देखिएपछि उनले राजिनामा दिने भएका हुन्।
मस्कले उनको स्थान लिनसक्ने व्यक्ति भेटिएपछि राजिनामा दिने बिबिसीमा उल्लेख गरिएको छ।
सोमबार उनले गरेको ट्विटर सर्वेक्षणको रिपोर्ट अनुसार ५७.५ प्रतिशत व्यक्तिहरूले मस्क ट्विटरको सीईओबाट हट्नु पर्ने पक्षमा मतदान गरेका थिए।
उनले २ महिना अघि चर्चित सामाजिक सञ्जाल ट्विटर खरिद गरेदेखि उनि विवादित भइरहेका छन्।