Trending:

डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी ग्लोबल आईएमई बैंकद्वारा ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग कोमल बहादुर खत्री नेपाल टेलिकमको सञ्चालक सदस्यमा नियुक्त ‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नेगरी सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन सरकारी जग्गा दुरुपयोगको विवरण इमेलबाट पठाउन सकिने टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: सञ्चार तथा सूचना प्रविधि मन्त्री ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता टिकटक खुला गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण लुम्बिनी प्रदेशमा सूचना प्रबिधि मेला “TechConclave 2024” आयोजना गर्दै ‘कोड फर चेन्ज’ रेडियो कार्यक्रममार्फत चिनजान, विवाह गर्न दबाब दिएपछि हत्या एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा अध्यागमन विभागले शुरु गर्‍यो ई.भिसा र अनलाइन भुक्तानी सेवा सूचना प्रविधिको प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ल्याबरोटरी ईन्फर्मेसन म्यानेजमेन्ट सिष्टम (लिम्स) शुरुवात दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा – मन्त्री शर्मा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता टेरामक्स प्रणाली खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन सरकारी कार्यालयहरूले सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गर्नु पर्ने आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य : मन्त्री शर्मा साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना डेढ वर्षभित्र नेपाललाई पूर्ण विद्युतीकरण घोषणाको तयारी भएको छ : प्रधानमन्त्री ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित सीजी टेलिकमको लाइसेन्स खारेज अब ८ कक्षा माथिका विद्यार्थीले नेपाल टेलिकमको सिम पाउने ९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोवल आईएमई बैंकको घोषणा अब फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने नेपाल टेलिकमले टेलिफोनका ग्राहकलाई एक महिना निःशुल्क डाटा सुविधा दिने डोल्पामा टेलिफोनको ‘लोडसेडिङ’ एनसेल आजियटालाई कानूनी कठघरामा उभ्याउन कानूनी अफ्ठ्यारो छ: अध्यक्ष खनाल टिकटकमाथिको प्रतिबन्धविरुद्ध दायर रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा नेपालमा दर्ताका लागि टिकटकले पठायो पत्र सामाजिक संजाल परिदृश्य : अवसर, चुनौती, र जिम्मेवार प्रयोग जाजरकोटमा नेपाल टेलिकमको ‘नमुना सेवा’ सुरु
टेक्नोलोजी

ओपनएआईको च्याटजिपिटी

८ पुष २०७९, शुक्रबार १५:५२

केही हप्ता अघिमात्रै बजारमा आएको च्याटबोट- च्याटजिपिटीको अहिले चर्चा चुलिएको छ। एआईको माध्यमबाट इन्टरनेटसँग सम्बन्धित अधिकांश कामहरू सरल रूपमा  गर्ने भएका कारण नयाँ च्याटबोटको चर्चा बढिरहेको हो।

चर्चित सामाजिक सञ्जाल कम्पनी ट्विटरका नयाँ मालिक एलन मस्क सहितको आर्टिफिसियल इन्टेलिजेन्स रिसर्च फर्म ‘ओपनएआई’ले डिसेम्बरको सुरूमा च्याटजिपिटी सार्वजनिक गरेको थियो।

त्यसको एक हप्तामा नै यसका विश्वव्यापी प्रयोगकर्ताको संख्या १० लाख भन्दा बढी पुगिसकेको थियो। निर्माता कम्पनीले च्याटजिपिटीमा प्रयोगकर्ताहरूले हरेक समस्याहरूको समाधाना पाउने बताएको छ।

तर, कम्पनीले प्रयोगकर्ताहरूलाई च्याटजिपिटीले केही समस्यासहितका उत्तर दिने र त्यसमा पनि केही पूर्वाग्रही हुने भन्दै चेतवानी दिएको छ।

सार्वजनिक भएको तीन हप्ता लागिसक्दा पनि कम्पनीले च्याटजिपिटीबारे प्रयोगकर्ताहरूको प्रतिक्रिया संकलन गरिरहेको जानकारी  दिएको छ।

एआईहरूको बजारमा च्याटजिपिटी सबैभन्दा नयाँ अवधारणा हो। कम्पनीले जिपिटीको पूरा रूप प्रि-ट्रेन्ड ट्रान्सफर्मर भएको बताएको छ। च्याटजिपिटी बनाउन विकासकर्ताहरूले मानिसहरूसँग प्रत्यक्ष रूपमा नै वार्तालाप तथा प्रतिक्रिया गरेको बताइएको छ।

 

के गर्छ च्याटजिपिटीले ? 

सामान्य भाषामा भन्दा च्याटजिपिटीले मावन जीवनका कामहरूलाई सरल र सहज रूपमा काम गर्न मद्दत गर्ने कम्पनीको दाबी छ।

केही सञ्चारमाध्यम तथा टेक एक्स्पर्टहरूले च्याटजिपिटीले मानिसहरूका सबै काम गर्न सक्ने समेत बताइरहेका छन्। यसको मद्दतबाट कोडिङ, स्तम्भ लेखन (आर्टिकल राइटिङ), घर संगारपटारमा सहयोग र खानेकुराको मेनु समेत बनाउन सकिने दाबी गरिएको छ।

यसका साथै च्याटजिपिटीले प्राकृतिक भाषामा नै सबैखाले प्रश्नहरूको उत्तर दिनसक्नेछ।

विशाल डेटा सेटमा प्रशिक्षित यो अहिलेसम्म सिर्जना गरिएको सबैभन्दा शक्तिशाली भाषा प्रशोधन मोडेलहरू मध्ये एक हो। यो च्याटबट विभिन्न शैली र विभिन्न भाषाहरूमा प्रतिक्रिया दिन सक्षम छ।

यसभन्दा अघिका च्याटबटहरूले सामान्य एक किसिमका समस्याहरू हल गर्न सहयोग गरिरहेका थिए। तर, च्याटजिपिटीले आर्टिकल लेख्न, शैक्षिक सामग्रीहरू बनाउन, जागिरको आवेदन लेख्न र कोड बनाउन समेत सहयोग गरिरहेको छ।

कसरी काम गर्छ च्याटजिपिटीले ?

च्याटजिपिटी ओपनएआईको एआई उत्पादनहरू मध्ये सबैभन्दा पछिल्लो र परिष्कृत सिर्जना हो। यसमा इमेज क्रिएशनका लागि DALL·E 2 समावेश गरिएको छ। DALL·E 2 प्राकृतिक भाषामा दिइएको विवरणबाट नै यथार्थवादी तस्बिर सिर्जना गर्नसक्ने नयाँ एआई प्रणाली हो।

यो एक ट्रान्सफर्मर वा मेसिन लर्निङ मोडेल हो। मानव मस्तिष्क जस्तै काम गर्न सक्षम यो मोडेल प्राकृतिक भाषाका क्रमिक डेटालाई सरल रूपमा बुझेर सोही अनुसार प्रतिक्रिया दिन सक्छ। त्यस्तै, सोधिएका प्रश्नहरूका अन्तरसम्बन्धित न्युरोनहरूका माध्यमबाट पछिल्लो प्रश्नपछि के आउँछ भनेर सटिक अनुमान समेत गर्न सक्नेछ।

वार्तालापहरू सहित इन्टरनेटबाट ठूलो मात्रामा डाटामा प्रशिक्षित यो प्रविधि रिइन्फोर्समेन्ट लर्निङ फ्रम ह्युमन फिडब्याक (RLHF) नामक लर्निङ टेक्निकबाट च्याटजिपिटीलाई प्रशिक्षित गरिएको छ। जसमा प्रयोगकर्ताहरूले एआई च्याटबट र प्रयोगकर्ता दुबै तरिका प्रयोग गरेर वार्तालापहरूको श्रृंखला प्रदान गरिएको युरोन्युजमा उल्लेख छ।

च्याटबट भएता पनि यो मोडलले दिने प्रश्नका उत्तर र गर्ने कामहरू मानवीय जस्तै हुने निर्माण प्रक्रियामा सहभागी ओपन युनिभर्सिटिका प्रोफेसर माइक सार्पल्सले बताएका छन्।

कसरी प्रयोग गर्न सकिन्छ च्याटजिपिटी ?

अहिले प्रयोगकर्ताहरूले यसको निः शुल्क प्रयोग गर्न पाउनेछन्। फोन नम्बर र इमेल आइडी राखेर अकाउन्ट बनाएपछि यसमा हरेक प्रकारका प्रश्नहरू सोध्न सकिनेछ।

अहिले परीक्षणको चरणमा समेत  रहेका कारण यसमा जोडिने केही प्रयोगकर्ताहरू परीक्षण प्रक्रियामा समेत सहभागी हुने युरोन्युजमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?