Trending:

अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन सार्वजनिक सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री गुरुङ इन-ड्राइभ चालकहरूको लागि आइएमई पेको नयाँ योजना शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले सञ्चालन गर्‍यो डीसी फास्ट चार्जिङ स्टेसन आइसिटी अवार्ड २०२४ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक बागडोलमा सीजी मोटर्सकाे अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा कम्प्युटर भाइरसका कारण राहदानी आवेदन प्रणाली प्रभावित टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै एलन मस्क : विश्वको मात्रै हैन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा पुनःनिर्वाचित हुन्डाईको आयोनिक ५ ईभी अब सय किलोवाटमा
World News

युक्रेनको दुःख : ‘परम्परागत चमक बिनाको क्रिसमस मौसम’

युक्रेनको दुःख : ‘परम्परागत चमक बिनाको क्रिसमस मौसम’
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१० पुस, एजेन्सी । एक वर्ष अघि मात्र कीभको सोफिया स्क्वायरमा ठूलो क्रिसमस ट्री र व्यापारिक केन्द्रमा हजारौं बत्तीहरू चम्किरहेका थिए । सन् २०२२ को यो अन्तिम दिनहरूमा त्यहाँ एउटा सामान्य रूख उभिएको छ, यसको नीलो र पहेँलो बत्तीले कारको हेडलाइटबाहेक अँध्यारो भएको चोकको अन्धकारलाई मुस्किलले तोडेको अनुभुति हुन्छ, किनकि युक्रेन पर्वको उल्लास मनाउने अवस्थामा छैन । हालैका महिनाहरूमा, रूसले ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आएको छ ।

बिजुली कटौती गर्ने र युक्रेनीहरूलाई सरकारविरूद्ध आक्रोशित बनाउने लक्ष्य राखेको छ । यद्यपि, युक्रेन सरकारले सकेसम्म छिट्टै विद्युत अवरूद्धतालाई सञ्चालनमा ल्याउने प्रयास गरिरहेको छ । राजधानीको ३० लाखभन्दा बढी बासिन्दाहरूसहित देशका प्रत्येक व्यक्तिका लागि विजुली उपलब्ध गराउनु युक्रेनका लागि फलामको चिउरा सावित भएको छ अर्थात् विद्युत पुनस्र्थापना गर्न व्यावहारिक रूपमा असम्भव देखिएको छ ।

कीभको तल्लो भागका सडकहरूमा विद्युत काटिएको छैन तर अधिकारीहरूले देशब्यापी देखिएको विद्युत अभावलाई सहज पार्न केही प्रतिबन्धहरू लगाएका छन् र बिजुली कटौतीको समय निर्धारण गरेका छन् । यसको अर्थ क्रिसमसको मौसममा त्यहाँ परम्परागतरूपमा कुनै शहर चम्किने छैनन् । तर यी उदास क्षणहरूमा पनि, केही मानिसहरूले आफ्नो दृढता देखाउने निर्णय गरेका छन् र यी बिदाहरूमा क्रिसमसको उत्सवका लागि जे गर्न सकिन्छ गर्ने निर्णय गरेका छन् । क्रिसमस ट्री जस्तै वरपरको प्रकृतिमय संरचना अझै पनि गर्वको साथ खडा छ, यद्यपि यसमा यो वर्ष चमक छैन ।

कीभका मेयर भिटाली क्लिट्स्कोले क्रिसमस ट्री स्थापनाको घोषणा गर्दै यसको नाम ‘अजेयताको रूख’ राख्न लागिएको बताए । ‘हामीले रूसलाई क्रिसमस र नयाँ वर्षको उत्सव हाम्रा बालबालिकाबाट चोर्न नदिने निर्णय गरेका छौं,” उहाँले भन्नुभयो । उहाँले थप्नुभयो, “किनभने हामी युक्रेनीहरूले यो नाम तोड्न सक्दैनौं ।’ ‘अजेयताको रूख’ डिसेम्बर १९ मा उद्घाटन गरिएको थियो, जुन दिन रूसले किभमा ड्रोन आक्रमण गरेको थियो र केवल एक पावर प्लान्टलाई क्षति पु¥्याएको थियो । जसका कारण शहर लामो लोडसेडिङ्गबाट जोगिएको थियो ।

विगतका वर्षहरूको विपरीत, जब दसौं हजार बल्बहरूको साथ, सोफिया स्क्वायर सङ्गीत र हँसमुख मानिसहरूले भरिएको थियो, जब व्यापारिक महल (प्लाजा)मा १२ मिटर रूखको बत्तीलाई शक्ति दिने जेनेरेटरको एक आवाज पनि थपिएको छ । यसको माथि, बेथलेहेमको कुनै तारा छैन तर यसको सट्टा युक्रेनको प्रतीक एक त्रिशूल छ । कीभको स्थानीय प्रशासनले रूख स्थापना गर्ने निर्णय गर्नुअघि यति धेरै त्रासदी र भयावहता ल्याउने एक वर्षमा यो उपयुक्त छ कि छैन भन्ने बारेमा केही बहस भएको थियो । देशभरि यस्तै छलफलहरू भए र केही क्षेत्रहरूले रूखहरू नराख्ने निर्णय गरे । अहिले धेरै मानिसहरूले उक्त पहल लाई मन पराएका छन् ।

५६ वर्षीय ओलेह स्काकुनले सोमबार रुखको अनावरण गर्दै भने, ‘हामी आभारी छौं कि हामी यस्तो समयमा कम्तिमा केही देख्न सक्छौं ।’ उनका अनुसार हरेक डिसेम्बर १९ मा आफ्नी श्रीमतीको जन्मदिनमा उनीहरु आफ्नो घरबाट केही टाढा रहेको दक्षिणी शहर खेर्सनमा रहेको क्रिसमस ट्री हेर्न जान्थे । यो वर्ष भने निपर नदीको बायाँ किनारामा रहेको उनीहरूको घर रूसी सेनाले कब्जा गरेको छ, र उनीहरू गत अगस्टमा कीभ आएका थिए । त्यसैले त्यो उत्सव उनीहरूको सम्झनामा सीमित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?