Trending:

डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट
अपडेट

आगोको भरमा ‘बर्थिङ सेन्टर’, राती आउने बिरामीलाई मोबाइलको लाइट बालेर उपचार

आगोको भरमा ‘बर्थिङ सेन्टर’, राती आउने बिरामीलाई मोबाइलको लाइट बालेर उपचार
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१२ पुस, रूकुम पूर्व। सिस्ने गाउँपालिकाको स्वास्थ्य चौकी पुग्न सदरमुकाम रुकुमकोटबाट पैदल यात्रामा एकदेखि दुई दिनसम्म लाग्छ ।

सदुरमुकाम रुकुमकोट पनि यसै पालिका अन्तर्गत पर्ने भए पनि वडा नं १ मा रहेको स्वास्थ्य चौकीसम्म भौगोलिक कठिनाइका कारण सडक सञ्जाल विस्तार हुनसकेको छैन । शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधारको अभावमा यहाँका स्थानीयले गुणस्तरीय सेवा पाउन सकेका छैनन् ।

यहाँसम्म कि यहाँ रहेको स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरमा आगोको भरमा सञ्चालन भइरहेको छ । हिमालको फेदैमा रहेकाले जाडोयाममा यहाँ अत्यधिक चिसो हुन्छ । यहाँ सुत्केरी हुन आउनेहरुलाई आगो बालेर उज्यालो र न्यायोपना गराइँदै आइएको छ ।

सुत्केरी मात्र होइन अन्य रोगका कारण राति आउने बिरामीको उपचार मोबाइल र दाउराको उज्यालोमा हुने गरेको स्वास्थ्यचौकिका नर्स राधिका केसीको भनाइ छ ।

२०७७ मङ्सिर २३ गते उद्घाटन भएको बर्थिङ सेन्टरमा उक्त आर्थिक वर्षमा ३६ जना सुत्केरी भएका थिए । साथै २५ जना घरमै सुत्केरी भएका थिए । त्यसैगरी आव २०७८/७९ मा ५६ जना बर्थिङ सेन्टरमा र १० जना घरमै सुत्केरी भएका थिए भने चालु आवको मङ्सिरसम्म ३५ जनाभन्दा बढी बर्थिङ सेन्टरमा सुत्केरी भइसकेका छन् ।

‘ढुङ्गा र माटोबाट निर्मित दुई कोठे भवनमा बर्थिङ सेन्टर सञ्चालन छ’, केसीले भनिन्, ‘सेन्टरमा हुनुपर्ने आधारभूत आवश्यकता र पर्याप्त भौतिक संरचनाको पनि अभाव छ ।’

बर्थिङ सेन्टर भवनभित्र र बाहिर प्लास्टर गरिएको छैन भने भूइँ पूरै धुलाम्य छ । छाना पनि जस्ताले छाएकाले अत्यधिक चिसो हुने र पानी चुहिने समस्या भएको उनको भनाइ छ । अझ हिमपात पनि भइरहने भएकाले समस्या अझ बढ्ने उनले बताक्ष्न् ।

‘चिसोको समस्या त पहिलेदेखि कै हो यहाँ अर्को समस्या विजुलीको पनि हो’, उनले भनिन्,‘हालसम्म यस वडामा विद्युत् आपूर्ति हुनसकेको छैन ।’

उज्यालोका लागि स्वास्थ्य चौकीमा जडान गरिएको सोलारबाट बर्थिङ सेन्टरसम्म तार ल्याइए पनि दुई/तीन घण्टा मात्र काम गर्ने उनको भनाइ छ । ब्याट्री ब्याक अप पनि नभएकाले समस्या भइरहेको छ ।

रातको समयमा सुत्केरी गराउँदा दाउरा बाली काम चलाइरहेको उनले बताए । सुत्केरी र बच्चालाई न्यानो राख्नका लागि पनि ओछ्यान नजिकै आगो बालिने गरेको उनको भनाइ छ ।

‘यहाँको विकटताका कारण बिरामी पनि स्वास्थ्य चौकीका कर्मचारीले स्ट्रेचरमा बोकेर ल्याउँछन्, उहाँहरुले निकै दुःख पाएर हामीलाई सेवा दिइरहनुभएको छ’, भट्टेचौरकी रामकली बुढाले बताए।

अन्धकारमा यसरी आमा र बच्चाको ज्यानलाई जोखिममा राखेर सुत्केरी गराउदा सुरुआती दिनमा डर लागे पनि अरु विकल्प नभएको राधिकाको भनाइ छ ।

बर्थिङ सेन्टरमा राधिका एक जना मात्र कर्मचारी छन् । उनी बिरामी पर्दा र विदा लिँदा स्वास्थ्यचौकी इञ्चार्ज काशिराम ओलीले सुत्केरी गराउँछन् ।

यो स्वास्थ्य चौकी मात्रै होइन जिल्लामा भएका अन्य बर्थिङ सेन्टर पनि यस्तै अवस्थामा छन् । जिल्लाका अधिकां बर्थिङ सेन्टरमा आधारभूत मापदण्ड पनि नपुगेको रुकुम(पूर्व)अस्पतालका डाक्टर पूर्णबहादुर पुनले बताए ।

रुकुमपूर्वमा एक वटा १५ शय्याको जिल्ला अस्पताल छ भने १५ वटा स्वास्थ्य चौकी र एउटा प्राथामिक स्वास्थ्य केन्द्र छन् । सामान्य बिरामी पर्दा पनि दुर्गम क्षेत्रबाट डोको तथा स्टेचरमा बिरामी बोकेर सदरमुकाम रुकुमकोट र अन्य जिल्लामा जानुपर्ने बाध्यता यहाँका स्थानीयमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?