Trending:

एप्पलको डब्लुडब्लुडीसी २०२५ कार्यक्रम भोलिदेखि सुरु भिभोको दराज एक्सक्लुसिभ ६.६ मिड–इयर सेल: विशेष छुट र थप आकर्षक उपहारहरु ! कर्भ ईभीमार्फत लामो दूरीको ईभी यात्रा, काठमाडौँबाट कन्याकुमारी प्रस्थान ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिब स्टेशन सञ्चालन स्मार्टफोन मर्मत सहज बनाउन ७ वर्षसम्म पाटपुर्जा उपलब्ध गराउने नियम लागु हुँदै चीनले बनायो धातुको टायर, अब पंक्चर हुने झन्झट सकियो एभरेष्ट बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु डोङफेङ नामीको ऐतिहासिक सफलता: ४० भन्दा बढी देशमा १२,००० युनिट निर्यात दिव्या राई माझी डिसहोम इन्टरनेटको ब्रान्ड एम्बेस्डरमा नियुक्त ह्वाट्सएपको नयाँ गोपनीयता फिचर: अब नम्बर लुकाएर युजरनेममार्फत च्याट सम्भव ई–सूचना प्रविधि क्षेत्रका लागि बजेट सकारात्मक रहेको क्यान महासंघको निष्कर्ष सार्वजनिक सवारी बन्दको बीचमा इनड्राइभको भरपर्दो वैकल्पिक सेवा जारी ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण ई–सेवामा थपियो नयाँ सुविधा: अनलाइन होटल बुकिङ यामाहा नेपालले ल्यायो एमटी १५ भर्सन २ किन्ने देशभरका ग्राहकका लागि विशेष राइडिङ ज्याकेट अफर हिमालय रोडिज सिजन ७ : ‘हेल अर हेभन’ को टाइटल स्पोन्सरमा यामाहाको निरन्तरता स्मार्टफोन टिकाउपनको नयाँ परिभाषा: रेड्मी नोट १४ प्रो+ ५जी नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्‍यो “इज अन वालेट” टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा ब्रिद इन शक्ति, प्रदर्शन र फोटोग्राफीको उत्कृष्ट संगम भिभो भी ५० लाईट नेपालमा सरकारद्वारा नयाँ डाटा सेन्टर निर्माणको घोषणा क्लासिक टेकको १ जीबीपीएस ‘इन्टरप्राइज प्रो’ इन्टरनेट प्याकेज सार्वजनिक एलन मस्कको स्टारशिप रकेट परीक्षण फेरि असफल क्याटल र फोटोन मोटर बीच कमर्सियल भेहिकल इलेक्ट्रिफिकेसनका लागि सम्झौता ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक माइक्रोसफ्टमा ६ हजार कर्मचारी कटौती, एआईकै कारण इन्जिनियर बेरोजगार ललितपुर महानगरपालिकाको कोडिङ तालिमका लागि आवेदन खुला कामना सेवा विकास बैंकले अन्तर बैंक टेलर क्यूआर सेवा सुरु एआईको दुरुपयोग रोक्न आवश्यकः मन्त्री पन्त एनसेलद्वारा तीन नयाँ साप्ताहिक प्याक सार्वजनिक, रु ९९ मा डेटा, भ्वाइस र एसएमएस गुगलले ल्यायो शक्तिशाली एआई टुल, शब्दबाट बनाउन सकिनेछ फोटो र भिडियो सिमलेस दुबई २०२५ मा पहिलोपटक नेपाल पविलियनको उद्घाटन ७३ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र रोयल्टी र बक्यौता बुझाउन प्राधिकरणको चेतावनी एनसेलद्वारा अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने प्रतिबद्धता राइडरका लागि खुशिको खबर, टुटलले कमिसन शुल्क हटायो ओमोडा एन्ड जेइकोको ‘स्विच एन्ड ड्राइभ प्रि बजेट एक्सचेन्ज अफर’ सार्वजनिक फोटोमा अनावश्यक व्यक्ति वा वस्तु आयो? यी मोबाइल एप्सले तुरुन्तै हटाइदिन्छन् चीनले सन् २०२५ का लागि डिजिटल चीन निर्माण कार्ययोजना सार्वजनिक इन्डोनेसियामा सेरेस थ्रीले जित्यो तीनवटा उत्कृष्ट ईभी अवार्ड बुटवल–भैरहवामा हुन्डाईको क्रेटा ईभी सार्वजनिक, ३० युनिट बुकिङ र १० हस्तान्तरण भिभो भी ५० लाइट छिट्टै नेपालमा, ९० वाट चार्ज र ५० एमपी क्यामेरासहित चितवनमा हुन्डाईको नयाँ क्रेटा इभीको सार्वजनिक समारोह सम्पन्न आर्थिक सुधारलाई उच्च महत्त्व दिन्छौँ : अर्थमन्त्री पौडेल डिजिटल ट्यालेन्टका लागि आवेदन खुला जलविद्युत् परीक्षण रोकियो, प्रसारण लाइनको समन्वय अभाव जिम्मेवार यूएईका राजदूतद्वारा नोबेल इलेक्ट्रोनिक्सको नेपाली बजार प्रवेशको उद्घाटन एनसेलको ग्राहक सेवा विस्तार, नयाँ अवधारणासहित सप इन सप सञ्चालनमा महालक्ष्मी विकास बैंकद्वारा फोन पे सँगको सहकार्यमा ‘स्क्यान टु क्यास’ सेवा सुरु साइमेक्स इंकद्वारा देशभर बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेनको घोषणा नेपाल राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश
अपडेट

नेपाली श्रव्यदृश्य प्रक्षेपणको तयारी

नेपाली श्रव्यदृश्य प्रक्षेपणको तयारी
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१८ पुस, काठमाडाैँ। नेपाल चिनाउने कला, तस्बिर, गीत–सङ्गीत, इतिहासलगायतका श्रव्यदृश्य सामग्री अब अन्तरिक्षमा पुग्ने भएका छन् । मुनाल भू–उपग्रहमा नेपाल चिनाउने श्रव्यदृश्य सामग्री अडियो फरम्याट (ध्वनि) माध्यममा मेमोरिचिपमा राखेर अन्तरिक्षमा पु-याइने छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा भू–उपग्रहको दोस्रो संस्करणका रूपमा डाँफे र मुनाल नामका थप दुई भू–उपग्रह पठाउने तयारी भइरहेको छ । स्ट्रिट आर्टिस्ट किरण महर्जनले मुनाल भू–उपग्रहको अभियानमा आफ्नो समूहले नेपाल चिनाउने थाङ्का, पौवा र आधुनिक चित्रकलालाई समावेश गरेको जानकारी दिए ।

श्रव्यदृश्य सामग्री उत्पादन र भू–उपग्रहमा राख्ने काममा राजन श्रेष्ठ र किरण महर्जन लाग्नुभएको छ । महर्जनले यसरी अहिलेसम्म नेपाली श्रव्यदृश्य अन्तरिक्षमा गएको यो पहिलो पटक हुने दाबी गरे ।

अन्तरिक्ष प्रतिष्ठानका संस्थापक नेपाली वैज्ञानिक डा. आभाष मास्केले अन्तरिक्षमा नेपाल चिनाउने श्रव्यदृश्य सामग्री पठाउने कुरा आफैँमा नौलो विषय भएको बताउँदै भने, “हामीले यसो गर्नुका पछाडि कलाकारिताका क्षेत्रमा भएका व्यक्तिलाई भू–उपग्रहको निर्माणमा जोड्नु हो । यसरी श्रव्यदृश्यलाई अन्तरिक्षमा पठाउनु भनेको नेपालका कला, संस्कृति र इतिहासलाई साङ्केतिक रूपमा सम्मान पनि हो ।”

उनले मुनाल भू–उपग्रहमा श्रव्यदृश्य दुवै सामग्री अडियो (ध्वनि) माध्यममा पठाइने जानकारी दिए । उनले यसरी पठाइएको ध्वनि सामग्रीलाई कसरी डिकोडिङ (पहिलाको स्वरूपमा फिर्ता ल्याउने) भन्ने कुराको जानकारी स्याटेलाइटको बोर्डमा उल्लेख गरिने बताए ।

शुक्रबार नास्टमा आयोजित डाँफे र मुनाल भू–उपग्रहको डिजाइन पुनर्समीक्षा तथा पत्रकार सम्मेलनमा दुई भू–उपग्रहको निर्माण र सञ्चालन विधिका बारेमा जानकारी दिइयो । नास्टका प्रविधि सङ्काय प्रमुख डा. रवीन्द्रप्रसाद ढकालले नेपाल मेघा स्याटेलाइटको तयारीमा रहेकाले नेपालको आफ्नै अन्तरिक्ष अनुसन्धान केन्द्रको आवश्यक रहेको बताए । उनले अन्तरिक्ष अनुसन्धान केन्द्रका लागि नास्ट प्रारम्भिक तयारीमा जुटेको जानकारी दिए ।

यी दुई स्याटेलाइट निर्माण तथा उडानको नेतृत्व नास्टका डा. ढकाल र अन्तरिक्ष प्रतिष्ठानबाट मास्केले गर्नुभएको छ । मुनाल स्याटेलाइट परियोजनाअन्तर्गत थाइल्यान्डका चार र नेपालका नौ जना विद्यार्थी सहभागी छन् । उनीहरूलाई आठ जनाको वरिष्ठ टोलीले प्रशिक्षण र निगरानी गरिरहेको छ । उनीहरूलाई इन्जिनियर जनार्दन सिलवालको नेतृत्वमा रहेको टोलीले ‘मेन्टरिङ’ गर्ने गरेको छ ।

डाँफे मिसन थाइल्यान्डको इन्टरनेसनल इन्स्टिच्युट अफ स्पेस टेक्नोलोजी फर इकोनोमिक डेभलपमेन्ट (इन्स्टेड)सँगको सहकार्यमा तयार भइरहेको छ । डाँफे र मुनाल अभियानका लागि नास्टले एक करोड रुपियाँ विनियोजन गरेको छ । डा. ढकालले डाँफे नास्टका तर्फबाट नेतृत्व गर्ने अभियान र मुनाल काठमाडौँ हाइस्कुलका विद्यार्थीले बनाएको अभियान भएको बताउनुभयो । यीमध्ये सबैभन्दा पहिला डाँफे उड्ने बताइएको छ ।

यी दुई स्याटेलाइट अभियानको मुख्य उद्देश्य योग्य जनशक्ति निर्माण गर्नु, अन्तरिक्ष अभियान र परियोजनासँग सम्बन्धित संरचनाको विकास र अन्तर्राष्ट्रिय संस्थाबीच साझेदारी गर्नु रहेको डा. मास्केले जानकारी दिनुभयो । स्याटेलाइट अभियानका समूहअनुसार सन् २०२२ भित्रै उडाउने योजना भए पनि प्राविधिक सहकार्य गर्दै गरेको निकायले मिति सारेकाले आगामी २०२३ को अप्रिलसम्ममा भू–उपग्रह प्रक्षेपण गर्ने तयारी छ ।

अहिलेको स्याटेलाइट अभियानमा केन्द्रित हुनुका साथै पहिलेको जस्तै फोटोग्राफी नै हुने तर हाई रेजुलेसनको क्यामरा रहने छ । पहिला ५० वर्गकिलोमिटरको रेजुलेसन थियो । अब त्यसलाई अलिकति घटाउने र अभियानलाई क्यामरासँग जोडिने जनाइएको छ । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?