Trending:

हुलाक सेवालाई विद्युतीय व्यापार केन्द्र बनाउन सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री गुरुङ नेपाली बजारमा आइफोन १६ सिरिज सार्वजनिक नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या फोन नम्बर सेभ नगरिकनै ह्वाट्सएपमा यसरी पठाउन सकिन्छ मेसेज एआईमा महत्त्वपूर्ण प्रगतिका लागि दुई जनालाई भौतिकशास्त्रको नोबेल पुरस्कार प्रदान हिरो मोटरसाइकलको नयाँ एक्सपल्स प्रो-रैली संस्करण सार्वजनिक महालक्ष्मी विकास बैंकद्वारा भिसा ३डी सुविधा प्रदान एन्ड्रोइड स्मार्टफोनबाट भाइरस कसरी हटाउने ? दशैंमा अनर खरिद गरे थाइल्यान्ड घुम्ने अवसर नेपालमा पहिलो पटक मोबाइल एप मार्फत सेयर कारोबार नेपाल लाइफद्वारा टिकटक प्रतिस्पर्धा हुँदै होण्डाको चाडपर्व अफरमा चार ग्राहकले जिते १/१ लाख नगद नेपालमा अल्ट्रभोइलेट युभी स्पेस पोडको शाखा बिस्तार डिजिटल नेपाल सरकारको पहिलो एजेण्डा : सञ्चारमन्त्री गुरुङ वुलिङ बिङ्गो ईभीको दसैंमा एक्सचेन्ज अफर बाढी पहिरो पीडितलाई बिवाइडीको बिक्रेता साइमेक्स इंकको साथ, ५१ लाख सहयोग अब ढुवानीका लागि सवारीसाधन चाहिए एपबाटै बुक गर्न मिल्ने के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? फेसबुकमा देखिने गरेको फलोअर्सको संख्या कता हराए ह्वाट्सएपद्वारा नयाँ भिडियो कल अपडेटको घोषणा बाढीपहिरोबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायकको ३० करोडको क्षति ‘भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउँछौँ’ शाओमी नेपालले ल्यायाे “दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार” नयाँ फोन स्पार्क ३० सी सार्वजनिक डिशहोमको इन्टरनेट जोड्दा र रिचार्ज गर्दा विशेष छुट एवं उपहार अफर मोबाइलबाटै ४३३ गन्तव्यको टिकट काट्न सकिने मेटालाई पासवर्ड सुरक्षा त्रुटिको विषयमा १०६ मिलियन डलर जरिवाना शाओमी रेड्मी १४ सी नेपालमा उपलब्ध चांगानद्वारा पोखरामा दिपल ईभी सार्वजनिक जिओमेटले दसैं अफरमा एकहजार बसमा निःशुल्क जीपीएस उपकरण दिँदै नेपाल टेलिकमले ल्यायो दसैँ अफर अब ड्राइभिङ लाइसेन्स बोक्नै नपर्ने गरि नागरिक एपले ल्यायो नयाँ अपडेट पोखरामा एमएडब्लूले ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ गर्दै कर्मचारी सञ्चय कोषका सदस्यहरूलाई फोनपेले डिजिटल भुक्तानी सुविधा दिने फोनलोनसँगको सहकार्यमा हाम्रोबजारको ‘बाइ नाउ, पे लेटर’ सार्वजनिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चंगा, ड्रोन, बेलुन उडाउन निषेध नेपाली अर्थतन्त्र उकास्न एआईको भूमिका महत्त्वपूर्ण हुनेमा सरोकारवालाको जोड आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक: अर्थमन्त्री पौडेल लेनोभोको नयाँ उत्पादन नेपाली बजारमा दशैंको अग्रिम टिकट बुकिङ शनिबारदेखि खुल्ने चन्द्रयान– ४ को तयारीमा भारत, २१०४ करोड रुपैयाँ बजेट विनियोजन शाओमीको दसैँ अफर, मोबाइल खरिदमा चार हजारसम्म छुट अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै नेपालमा पहिलो पटक जाइस् अप्टिक्स भएको प्रिमियम स्मार्टफोन ‘लेबनान उपकरण विस्फोट अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन’ एआई र रोबोटिक्समा आधारित उपन्यास ‘सावर्णि’ सार्वजनिक युट्युबमा आम्दानी कसरी गर्ने आईफोन–१६ अब अर्को आईफोनबाट ताररहित रूपमा पुनर्स्थापित गर्न सकिने ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिग मार्टमा १० प्रतिशत छुट क्लासिक टेकको ‘आधा तिरे पुग्छ अफर’ सार्वजनिक
अपडेट

युट्युबमा आम्दानी कसरी गर्ने

५ आश्विन २०८१, शनिबार १२:४१
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

काठमाडौं । गीत कति हिट र त्यसबाट कति आम्दानी भयो भनेर क्यासेट बिक्रीलाई आधार बनाइन्थ्यो । अहिले जमाना फेरिएको छ । गीत हिटको मापन र आम्दानीको मुख्य स्रोत युट्युब बनेको छ ।

पैसा पनि कमाउन सकिने भएपछि त पुङ न पुच्छरका गीत तथा अन्य भिडियो हालेर पैसा कमाउने जमात विकसित हुँदै गएको छ । कमाइकै दौडमा लाग्दा हाल भने उत्कृष्टभन्दा पनि भाइरल बनाउन उद्दत हुने खाले गीत देखिन थालेका छन् ।

धेरै कलाकारहरुले युट्युब च्यानल खोलेर आफ्ना गीत आफ्नै च्यानलमा अपलोड गर्ने गरेका छन् । त्यतिमात्र नभई हरेक व्यक्तिमा भएको क्षमतालाई धेरै मानिसको बिचमा देखाउँने माध्यमपनि युट्युब नै भएको छ । कुनै समय समाचार वा अन्तर्राष्ट्रिय स्तरमा भएको घटनालाई हेर्न तथा पढ्नको लागि रेडियो तथा टिभिमा आउने समाचारको भर हुन्थ्यो कि त भोलीपल्टको पत्रपत्रिकाको पर्खाइमा बस्नुपर्दथ्यो तर हालको समयमा त्यो स्थिति छैन, यसलाई युट्युबले निकै सरल र सजिलो बनाइदिएको छ ।

युट्युबमा आम्दानी गर्नका तरिका

युट्युबमा बिज्ञापन प्राप्त गर्नको लागि हामीसँग १ हजार जना सब्क्राइबर हुनु जरुरी छ । पछिल्लो १२ महिना यता आफ्नो च्यानलमा एक घण्टा भिडियो हेर्नेको संख्या चार हजार भन्दा बढी हुन जरुरी छ । यो भनेको एकदमै गाह्रो हो । केही समय भने अवश्य नै लाग्छ । फेरी १ हजार जना सब्ष्क्राइबर र चार हजार जनाले भिडियो हेरे भने तपाईले आफ्नो च्यानलमा बिज्ञापन हाल्न भने सक्नुहुन्छ ।

माथि भनिए अनुसारका सम्पूर्ण मापदण्ड पूरा गरी च्यानल मोनिटाइज भएपछि मात्रै युट्युवमा अपलोड गरिएको भिडियोले पैसा कमाउन सक्छ। मोनेटाइजेसन भएको च्यानलमा अपलोड गरिएको भिडियोमा युट्युवले विज्ञापन राख्छ। त्यसरी राखिएको विज्ञापनहरुबाट नै हो पैसा कमाउने। हाल भने मोन्टेनाइज नगरेको च्यानलमामा समेत युट्युबले विज्ञापन गर्ने गरेको छ र सो बापतको भने क्रियटरलाई दिँदैन । यो नियम युट्युबले हालै ल्याएको हो ।

एक करोड भ्युज जाँदा कति आम्दानी हुन्छ ?

कुनै पनि युट्युव च्यानलमा हालिएको भिडियोले पैसा कमाउने विषय धेरै कुरामा निर्भर रहेको हुन्छ । पैसा कति कमाउने भन्ने मुख्य गरी दुई कुरामा निर्भर रहेको छ। भिडियोहरुको प्रकार र विज्ञापनहरुको मूल्यले भिडियोले के कति पैसा कमाउँछ भन्ने निर्धारण गर्दछ।

ठ्याक्कै भन्न सकिँदैन । ‘यति भ्युज जाँदा यति आम्दानी हुन्छ भन्ने हुँदैन । दर्शकले भिडियो कति मिनेट हेरे भन्नेमा भर पर्छ । ४ मिनेट र ८ मिनेटका दुई भिडियोले एक करोड भ्युज पाएका छन् भने ८ मिनेटको भिडियोबाट आउने आम्दानी बढी हुन्छ।

उदाहारणका लागि सँगै अपलोड गरिएका कुनै पनि ४ मिनेटको भिडियोले १ लाख कमाई गर्‍यो र अर्कोले ५० हजार रुपैयाँमात्र गर्न पनि सक्छ । भिडियोले पैसा कमाउन युट्युबका पोलिसीअन्तर्गत आरपीएम सिपीएम आदी कारणले गर्दा कमाइ तलमाथि हुने गर्छ । त्यस्तै विदेशबाट धेरै हेरिएको भिडियोको आम्दानी पनि बढी हुन्छ । सोही भिडियो हेर्दा त्यसको दुईगुणा भन्दा माथि हुनसक्छ । किनभने नेपाल र विदेशको विज्ञापनदर निकै नै तलमाथि हुन जान्छ त्यसकारण पनि कमाइ यताउता हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?