Trending:

बागडोलमा सीजी मोटर्सकाे अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा कम्प्युटर भाइरसका कारण राहदानी आवेदन प्रणाली प्रभावित टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै एलन मस्क : विश्वको मात्रै हैन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा पुनःनिर्वाचित हुन्डाईको आयोनिक ५ ईभी अब सय किलोवाटमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही प्राविधिक शिक्षा अध्ययनका लागि बिनाब्याज पाँच लाख ऋण दिइने खर्बौंको एनसेल ‘तन्नम’ कागजी कम्पनीको कब्जामा: युकेमा दर्ता, सिंगापुरबाट सञ्चालन नेपालभर ‘पठाओ पोइन्ट्स’ र ‘पठाओ पार्सल’ डेलिभरी सेवा सुरू युटयुबको प्रतिबन्धपछि रसियाले गुगललाई गर्‍यो विश्वको जीडीपीभन्दा बढी रकम जरिवाना जागिर खोस्छ भन्ने एआईले उल्टै कर्मचारीको काम किन बढायो ?
अपडेट

तीन दिने विज्ञान तथा गणित प्रदर्शनीमा करफोक मावि प्रथम

तीन दिने विज्ञान तथा गणित प्रदर्शनीमा करफोक मावि प्रथम
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 1 मिनेट

१९ पुस, इलाम। इलाममा तीन दिने बिज्ञान तथा गणित प्रदर्शनी सम्पन्न भएको छ । सूर्योदय नगरपालिकाको करफोक माविमा आयोजित सो प्रदर्शनी यही १५ गतेदेखि शुरु भएको थियो । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको कार्यक्रमको आधारभूत तह विज्ञान प्रदर्शनीमा करफोक मावि प्रथम बन्दै नगद रु २० हजार प्राप्त गरेको छ ।

दोस्रो बनेको ज्योति माविले रु १५ हजार र तेस्रो बनेको सन्राइज अङ्ग्रेजी विद्यालयले रु १० हजार प्राप्त गरेको छ । यसैगरी आधारभूत गणित प्रदर्शनीमा करफोक विद्या मन्दिरले प्रथम स्थान हासिल गर्दै नगद रु २० हजार प्राप्त गरेको छ । दोस्रो बनेको फिक्कल माविले रु १५ हजार र तेस्रो नर्वदा कल्याण अङ्ग्रेजी विद्यालयले रु १० हजार प्राप्त गरेको छ । माध्यमिक तहतर्फ गणित प्रदर्शनीमा हेरोहल एकाडेमीले प्रथम स्थान हासिल गर्दै रु २० हजार प्राप्त गरेको छ । दोस्रो बनेको कृष्णाश्रम माविले रु १५ हजार र तेस्रो बनेको एभरल्यान्ड इन्टरनेशनल एकडेमीले रु १० हजार प्राप्त गरेको छ ।

माध्यमिक तह विज्ञान प्रदर्शनीमा फिक्कल माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्दै नगद रु २० हजार प्राप्त गरेको छ । दोस्रो बनेको एभरल्यान्ड इन्टरनेशनल एकाडेमीले रु १५ हजार र तेस्रो बनेको पञ्चकन्या बोडिङ स्कुलले रु १० हजार प्राप्त गरेको छ । शिक्षाका प्रमुख योगनिधि भट्टराईको अध्यक्षतामा भएको समापन कार्यक्रममा नगर प्रमुख रणबहादुर राईले यस्ता कार्यक्रम निरन्तर आयोजना गरिने जानकारी दिए ।

प्रदर्शनीमा ४० विद्यालयका तीन सय ५० विद्यार्थी र एक सय शिक्षक सहभागी थिए । प्रदर्शनीको दैनिक एक हजार पाँच सयभन्दा बढीले अवलोकन गरेको जनाइएको छ । प्रदर्शनीमा प्लाटोनियम र भिर सेटसमेत अवलोकनको लागि राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?