Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

लाइसेन्स लगायत सेवा सुधारमा सरकारको सकारात्मक पहल

लाइसेन्स लगायत सेवा सुधारमा सरकारको सकारात्मक पहल
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

२० पुस, काठमाडाैँ। नेपालमा सहज रूपमा सवारी चालक अनुमतिपत्र पाउन मुस्किल छ । अनुमतिपत्र पाउनु नै युद्ध जिते जस्तै हुने गरेको छ । सेवाग्राहीले पाउने दुःख भनीसाध्ये छैन । कहिले मेसिनले काम नगरेको, कहिले ‘सिष्टम’ नचलेको भन्दै सेवाग्राहीले पाएको हैरानी भोग्नेलाई मात्र थाहा हुन्छ ।

यातायात व्यवस्था विभागका वरपर भेटिने विचौलियाको राज भनीसाध्यै छैन । सेवाग्राहीले सहज रूपमा सेवा पाउने कुरा पर नै भयो । अनुमतिपत्र पाउनुभन्दा परीक्षामा सहभागी हुन पाउनु नै ठूलो कुरा छ । परीक्षामा उत्तीर्ण भए पनि अनुमतिपत्र लिन कति समय लाग्ने हो, त्यसको कुनै ठेगान छैन । इम्बोस्ड नम्बर प्लेट लिनका लागि उस्तै समस्या छ ।

सवारी साधनको अवस्थाको परीक्षण गर्ने निकायमा उस्तै समस्या भोग्नुपर्छ, सेवाग्राहीले । सरकार भएको अनुभूति नागरिकले कही कतै पनि गर्न पाएका थिएनन् । नयाँ सरकार गठन भएपछि नागरिकको यही समस्या समाधान गर्ने तत्परता लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही पुस ११ गते पदभार ग्रहण गर्दै नागरिकले सहज रूपमा सेवा पाउने वातावरण तयार पार्ने प्रतिबद्धता व्यक्त गरे ।

सोही प्रतिबद्धता कार्यान्वयन गर्ने लक्ष्यका साथ उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार काठमाडौँ उपत्यकामा रहेका यातायात कार्यालयको अनुगमन गरे । उनले राज्यबाट पाउनुपर्ने सेवा सुविधामा कुनै कमी हुन नहुने बताए । काठमाडौँ उपत्यकामा रहेका विभिन्न यातायात व्यवस्था कार्यालयको आज अनुगमन/निरीक्षणका क्रममा कार्यालय प्रमुखलाई निर्देशन दिँदै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘जनताले धेरै दुःख पाएको गुनासो सुनेको छु, जनताले दुःख पाउनुभएन । जनताको हितमा काम गर्नुस् ।’

उनले ४ बजेसम्म हुँदै आएको काम ५ बजेसम्म गर्न, नयाँ अनुमति लिने प्रक्रिया छिटोछरितो प्रक्रियाबाट गर्न निर्देशन पनि दिए । श्रेष्ठले भने, ‘गुणस्तरीय सेवामा ‘नो कम्परमाइज’, नियमपूर्वक काम गर्नुस् ।’ कार्यालयमा विचौलियाको बिगबिगी भएको गुनासो आएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले विचौलियाको अन्त्य र विचौलियाको चलखेल बन्द गर्न कडा निर्देशन दिए ।

गलत काम गर्ने कर्मचारीलाई कडाभन्दा कडा कारबाही र दण्डित गरिने चेतावनी दिँदै श्रेष्ठले कर्मचारीलाई कर्तव्य र दायित्व भुल्न नहुने बताए । कर्मचारीको मानसम्मान र प्रतिष्ठा बढोस् भन्ने कुरामा आफू सचेत रहेको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘सबै कर्मचारीको सम्मान र प्रतिष्ठा स्थापित गर्न चाहन्छु । राष्ट्रसेवक कर्मचारीले देश जनताको सेवा गर्ने हो । कुनै सेवा सुविधा नपुगे, कर्मचारी अपुग भए वा कुनै समस्या भए मलाई भन्नुस् तर जनतालाई दिने सेवा सुविधामा कुनै कमीकमजोरी नहोस् ।’

उपप्रधानमन्त्री श्रेष्ठले लाइसेन्स कार्यालय ठूलो भर्‍याङ र यातायात व्यवस्था कार्यालय (मोसा) गुर्जुधाराको पनि अनुगमन/निरीक्षण गरे । अनुगमनको क्रममा मन्त्री श्रेष्ठले सेवाग्राही र सर्वसाधारणसँग अन्तरक्रिया गरेका थिए भने गुनासो पनि सुने । उनले सेवा प्रभावकारी र सहज बनाउन कार्यालय प्रमुख र कर्मचारीलाई निर्देशन पनि दिए । सेवा दिने समय बढाउन, छिटो छरितो ढङ्गले काम गर्न र अनियमितता, विचौलियाको प्रभाव र सेटिङको अन्त्य गर्न मन्त्री श्रेष्ठले निर्देशन दिए । कहीँकतैबाट गलत भएको जानकारी आए तत्काल कारबाही गर्ने उनले बताए ।

अनुगमनको क्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सहसचिव, विभिन्न विभागका प्रमुख र प्रदेश मन्त्रालयका सचिवलगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?