Trending:

बागडोलमा सीजी मोटर्सकाे अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा कम्प्युटर भाइरसका कारण राहदानी आवेदन प्रणाली प्रभावित टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै एलन मस्क : विश्वको मात्रै हैन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा पुनःनिर्वाचित हुन्डाईको आयोनिक ५ ईभी अब सय किलोवाटमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही प्राविधिक शिक्षा अध्ययनका लागि बिनाब्याज पाँच लाख ऋण दिइने खर्बौंको एनसेल ‘तन्नम’ कागजी कम्पनीको कब्जामा: युकेमा दर्ता, सिंगापुरबाट सञ्चालन नेपालभर ‘पठाओ पोइन्ट्स’ र ‘पठाओ पार्सल’ डेलिभरी सेवा सुरू युटयुबको प्रतिबन्धपछि रसियाले गुगललाई गर्‍यो विश्वको जीडीपीभन्दा बढी रकम जरिवाना जागिर खोस्छ भन्ने एआईले उल्टै कर्मचारीको काम किन बढायो ?
अपडेट

अनलाइनबाटै ‘एनओसी’ पाउन सकिने

अनलाइनबाटै ‘एनओसी’ पाउन सकिने
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

२४ पुस, काठमाडाैं । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई अनिवार्य गरिएको नो अब्जेक्सन लेटर (एनओसी) अनलाइनबाट उपलब्ध गराउने तयारी सुरु गरिएको छ ।

विद्यार्थीलाई भौतिक रूपमै उपस्थित गराएर एनओसी वितरण गर्दा झन्झट बेहोर्नुपर्ने, टाढाबाट आउँदा अनावश्यक खर्च हुने तथा सम्बन्धित कार्यालयमा भीडसमेत हुने गरेको छ । अहिले एनओसीका लागि विद्यार्थीले अनलाइनबाट आवेदन दिन सक्छन् तर पत्र लिन भने भक्तपुरस्थित वैदेशिक अध्ययन अनुमति शाखामा आफैँ उपस्थित हुनुपर्छ ।

एनओसी लिनेको लाइन बढेपछि कम गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘सेमी अनलाइन’ बनायो, तर त्यसले भीड कम गर्न सकेको छैन । शिक्षा मन्त्रालयले प्रवाह गर्ने सेवामध्ये सबैभन्दा लामो लाइन एनओसी वितरण गर्ने कार्यालयमै हुने गरेको छ। कतिपय विद्यार्थी विधि नजान्दा आवेदन भर्न सो शाखा पुग्ने गरेका छन् ।

अहिले दैनिक एक हजार जनासम्मले शिक्षा मन्त्रालयबाट एनओसी लिने गरेका छन् । एनओसी लिने हरेक विद्यार्थीले अर्काे एक जना पनि साथी लिएर जाने भएका कारण उक्त शाखामा भीड बढ्ने गरेको हो ।

एनओसीलगायतका सेवालाई झन्झटरहित बनाउन मन्त्रालयले सहसचिव डा. कमलप्रसाद पोखरेलको संयोजकत्वमा समिति गठन गरेर तयारी सुरु गरेको छ । समितिले राष्ट्रिय परीक्षा बोर्ड, विभिन्न विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग, परराष्ट्र मन्त्रालय, अध्यागमन विभागलगायतका पदाधिकारीसँग परामर्श गरिरहेको छ ।

वैदेशिक अध्ययन अनुमति शाखाका प्रमुख वासुदेव वस्तीले पूर्ण अनलाइन सेवा कार्यान्वयन गर्ने तयारी भइरहेको बताए । उनले अनलाइनबाट आवेदन दिएर एनओसी पनि अनलाइनबाटै विद्यार्थीलाई उपलब्ध गराउन केही समय लाग्ने जानकारी दिए ।

एनओसीलाई पूर्ण अनलाइन बनाउँदा बैङ्कदेखि अध्यागमन विभागसम्मलाई सफ्टवेयरमा जोड्नुपर्ने हुनाले पनि केही समय लाग्ने मन्त्रालयको भनाइ छ । मन्त्रालयको तयारीअनुसार पूर्ण अनलाइन प्रणालीमा गएपछि विद्यार्थीले अनलाइनबाटै आवेदन दिएर पत्र पनि अनलाइनबाटै पाउनेछन् ।

एनओसी लिनेमध्ये ६० प्रतिशतभन्दा बढी स्नातक तह अध्ययन गर्न चाहने हुन्छन् । विद्यार्थीले दिएको आवेदनलाई सम्बन्धित बोर्ड वा विश्वविद्यालय वा शैक्षिक संस्थासँग सम्बन्ध कायम गरी सत्यापन गर्नुपर्ने हुन्छ ।

त्यहाँका अभिलेखसँग नभिडाइने हो भने विद्यार्थीले पेस गरेको शैक्षिक प्रमाणपत्र वास्तविक हो वा नक्कली हो भन्ने पत्ता लाग्न सक्दैन। “अनलाइन प्रणाली पूर्ण कार्यान्वयन गर्न विद्यार्थीका प्रमाणपत्र सत्यापन गर्न राष्ट्रिय परीक्षा बोर्डको सफ्टवेयरसँग हाम्रो सफ्टवेयरलाई एकीकृत गर्नुपर्ने हुन्छ,” शाखाका उपसचिव वस्तीले भने, “मुलुकभरिका ११ विश्वविद्यालय र छवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अभिलेख पनि हाम्रो सफ्टवेयरसँग एकीकृत गर्नुपर्ने हुन्छ। त्यसका लागि केही समय लाग्ला ।”

एनओसीलाई पूर्ण अनलाइन बनाउन चिकित्सा शिक्षा आयोगले दिएको ‘इलिजिबिलिटी लेटर’, सीटीईभीटी, इन्जिनियरिङ काउन्सिल, भेटरिनरी काउन्सिल, नागरिक उड्डयनसँगको प्रिअप्रुभल, विदेशी मुद्रा सहटी गर्न सम्बन्धित बैङ्क आदिसँग पनि समन्वय गर्नुपर्ने हुन्छ।

अहिले वर्षमा कति विद्यार्थीले ‘नो अब्जेक्सन लेटर’ लिए भन्ने थाहा भए पनि तीमध्ये कति विदेशिन्छन्, कतिले के कति रकम विदेश लिएर जान्छन्, कतिले रकम फिर्ता गर्छन्, कति अध्ययन पूरा गरी फर्किन्छन्, कुन देशमा कति विद्यार्थी कुन विषय लिएर अध्ययन गरिरहेका छन् भन्नेलगायतका तथ्याङ्क राज्यका कुनै निकायसँग छैन। एनओसीमा पूर्ण अनलाइन प्रणाली लागू भएपछि यी सबै तथ्याङ्क सहजै उपलब्ध हुने शिक्षा मन्त्रालयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?