Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

राष्ट्रिय किताबखानाद्वारा ई–पेन्सन अवधारणा सुरु

राष्ट्रिय किताबखानाद्वारा ई–पेन्सन अवधारणा सुरु
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

२४ पुस, काठमाडाैँ। राष्ट्रिय किताबखानाले निजामती सेवाबाट निवृत्त हुन लागेका कर्मचारीको हितलाई ध्यानमा राखेर ई–पेन्सन अनलाइन सेवा सुरुआत गरेको छ। ललितपुरबाट एक महिनाअघि प्रारम्भिक परीक्षण गरिएको उक्त सेवा अहिले दुर्गम जिल्लाबाट पनि पेन्सनपट्टाका लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

सूचना प्रविधिप्रतिको बढ्दो आकर्षण र सेवालाई छिटो, छरितो र प्रविधिमैत्री बनाउने सिलसिलामा ई–पेन्सनको अवधारणा अघि सारिएको किताबखानाका निमित्त महानिर्देशक सङ्गीता ओझाले जानकारी दिए।

उक्त अवधारणाले पेन्सनपट्टाका लागि दूरदराजबाट राजधानी आएर अनेकथरि कागजात सङ्कलन गर्नुपर्ने झन्झट अन्त्य गर्नेछ। किताबखानाले निजामती, शिक्षक र प्रहरीको नियुक्तिदेखि अवकाश हुँदासम्मको सम्पूर्ण अभिलेख राख्दै आएको छ। निजामती सेवा ऐन तथा नियमावलीले २० वर्ष बढी सेवावधि पूरा गरेकालाई पेन्सन तथा त्योभन्दा कम अवधि हुनेलाई उपदान पाउने व्यवस्था गरेको छ।

किताबखानाको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७८-७९ मा तीन हजार सात सय ८५ कर्मचारीले निवृत्तिभरण लिएका थिए। हालसम्म ८८ हजार निजामतीतर्फका कर्मचारी सेवानिवृत्त भएको अभिलेखबाट देखिन्छ। राष्ट्रिय किताबखाना मुलुकको शासनको स्थायी सरकारको रूपमा रहेको सार्वजनिक प्रशासनअन्तर्गतका पदाधिकारीको अभिलेख व्यवस्थापन गर्ने यो महत्वपूर्ण निकाय हो। उक्त कार्यालय मातहत निजामती कर्मचारी, शिक्षक र प्रहरी कर्मचारीको समेत अभिलेख व्यवस्थापन हुँदै आएको छ।

किताबखानाका सूचना अधिकारी प्रकाशजङ्ग कार्कीले मुलुकका सबै जिल्लामा सेवानिवृत्त हुने कर्मचारीबाट पेन्सनपट्टाका लागि अनलाइनमार्फत आवेदन लिने प्रक्रिया शुक्रबारदेखि सुरु भएको जानकारी दिए। सेवानिवृत्त हुन लागेका कर्मचारीलाई पेन्सनपट्टा बनाउँदा के–कति कस्ता कागजात चाहिन्छ भनेर पहिले नै सूचना पठाइने र त्यसका आधारमा आफू रहे बसेकै स्थानबाट प्रविधिको माध्यमद्वारा अनलाइनमार्फत ती कागजात उपलब्ध गराउन सकिने छ।

उक्त सेवा विस्तार गर्ने सिलसिलामा किताबखानाले पहिलो चरणमा मङ्सिर १५ देखि नै अनलाइन निवेदन सुरु गरेको थियो। उक्त अवधारणा अभ्यासमा आएसँगै अनलाइनमार्फत सम्पूर्ण कागजात पहिले नै तयार हुने भएकाले सम्बन्धित व्यक्तिको तस्वीर, औठाछाप, कार्यालयको छाप र लिन पाउने सुविधा यकिन भएसँगै सम्पूर्ण काम छिनभरमै हुनेछ। तर कतिपयमा सूचना प्रविधिप्रति विश्वास र विश्वस्त नभएका कारण परम्परागत र ई–पेन्सन दुवै प्रक्रिया अभ्यासमा कायम रहने निमित्त महानिर्देशक ओझाले बताए।

मुलुकमा प्रशासन, कृषि, आर्थिक योजना तथा तथ्याङ्क, वन, शिक्षा, स्वास्थय, विविध, इञ्जीनियरिङ, न्याय, परराष्ट्र, लेखा परीक्षण र संसद् सेवामा गरी हाल एक लाख ३६ हजार तीन सय ३२ दरबन्दी कायम छ। ती सेवामा हाल ८६ हजार एक सय ९४ कर्मचारी कार्यरत रहेकामा त्यसमध्ये २३ हजार सात सय १२ महिला छन्।

किताबखानाले कर्मचारीको नियुक्ति, नागरिकता, शैक्षिक योग्यता, सरुवा, बढुवा, बिदा, विभागीय कारबाही, सेवा अवधि जोडेको अभिलेख, पाएका पुरस्कारको विवरण अद्यावधिक गर्दै आएको छ। उक्त निकायले उपदान, निवृत्तिभरण, पाविारिक निवृत्तिभरण, औषधोपचार, बीमा, सञ्चित बिदा, अशक्त र सन्तति वृत्तिलगायतको समेत काम गर्छ। अनलाइनबाट सबै कागजात सङ्कलन हुने भए पनि हाल सेवानिवृत्त हुने सङ्घीय निजामती सेवाका कर्मचारीमात्र भएकाले पेन्सनपट्टा बनाउन भने अझै किताबखाना आउनुपर्ने बाध्यता कायमै छ।

प्रदेशले भने आ–आफ्नै कानुन बनाएर यो सेवा सुरु गर्न सक्नेछ। किताबखानाले अभिलेखलाई क्रमशः विद्युतीय प्रणालीमा रुपान्तरण गर्ने सिलसिलामा हाल ९० प्रतिशत प्रविधिमा आबद्ध गराई सफ्टवेयरमा व्यवस्थित गरिसकेको छ। किताबखानाले सरकारी कोषबाट खर्च लेखिने सम्पूर्ण कर्मचारीको वैयत्तिक विवरणलाई सिटरोल फारम प्रमाणित गरी सूचना प्रणालीमा व्यवस्थित गर्दै आएको छ। ऐतिहासिक पृष्ठभूमि रहेको उक्त कार्यालय मुलुकको प्रशासन सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी भर्नालाई व्यवस्थित गर्ने क्रममा यसको सुरुआत र विकास भएको हो।

किताबखानाको तथ्याङ्कअनुसार हाल नेपाल प्रहरीको दरबन्दी ७९ हजार पाँच सय ४३ र सशस्त्र प्रहरी बल नेपालको ३७ हजार एक सय १७ छ। त्यस्तै शिक्षकको दरबन्दी प्राथमिक तहमा ७८ हजार नौ सय ११, निम्न माध्यामिकतर्फ १६ हजार दुई सय २४ र माध्यमिक तहमा १२ हजार सात सय २५ छ।

लोक सेवाको परीक्षा उत्तिर्णपछि सिटरोल भरेसँगै निजामतीमा होस् वा जङ्गीमा प्रवेश गर्ने कर्मचारीको पहिचानका लागि किताबखानाले सङ्केत नम्बर प्रदान गर्छ। सेवामा रहँदा उक्त कर्मचारीको पहिचान त्यही नम्बरबाट हुन्छ। किताबखानाले पछिल्लो समय प्रयोगमा ल्याएको अनलाइनबाट सम्बन्धित व्यक्तिले सङ्केत नम्बरका आधारमा आफ्नो वैयत्तिक विवरण हेर्न मिल्ने भए पनि सम्पादन गर्न भने सकिन्न।

उक्त कार्यालयको रेकर्डअनुसार कतिपय व्यक्तिको नोकरी अवधिभन्दा पेन्सनको समय धेरै भएको पाइएको छ। बहुविवाहलाई कानुनले बन्देज लगाएता पनि कतिपयका धेरै श्रीमती भएका कारण हक हस्तान्तरण पनि समस्याका रूपमा रहेको देखिएको छ। कतिपटकसम्म हक हस्तान्तरण भन्ने एउटा गम्भीर प्रश्न उठेको र त्यो रोकिएमा राज्यलाई केही हदसम्म भए पनि आर्थिकभार कम हुने निमित्त महानिर्देशकको भनाइ छ।

राष्ट्रिय किताबखाना मातहत कानुनमा निजामती, शिक्षक र प्रहरी सेवाको महाशाखा रहने अवधारणा ल्याइए पनि भवन र जनशक्ति अभावका कारण हाल बेग्ला–बेग्लै स्थानबाट उक्त कार्य सम्पादन हुँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?