२५ पुस, काठमाडाैँ। पब्जीको विश्वकप भनिने पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पिएमजिसी)मा नेपाली टोली द रियल सोल्जर्स (डीआरएस) गेमिङ उपविजेता भएको हो।
तीन दिनसम्म चलेको फाइनल खेलमा नेपाली टोली टर्कीको एसटुजी गेमिङ भन्दा ३२ अंकले पछि रह्यो।
समग्रमा डीआरएसले किल पोइन्टबाट ७० र प्लेसमेन्टमार्फत ८८ गरि १५८ अंक बनाएको थियो। १८ वटा खेलको फाइनलमा डीआरएस २ पटक चिकन डिनर समेत पायो।
पिएमजिसीको फाइनल इन्डोनेसियाको जाकार्तामा भएको थियो। फाइनलमा नेपालका २ सहित विभिन्न राष्ट्रका १६ वटा टोली सहभागि थिए।
टिटुके समूह चरणबाट शीर्ष तीन स्थानमा रहँदै सिधै फाइनलका लागि छनाैट हुँदा डीआरएस भने लिग स्टेज, सर्भाइभल स्टेज र लास्ट चान्स चरण पार गर्दै फाइनलमा स्थान बनाउन सफल भएको थियो।
उपविजेता बनेको डीआरएस गेमिङले २ लाख अमेरिकी डलर नगद पुरस्कार पाएको छ।
त्यस्तै, अर्को नेपाली टोली टिटुकेले भने १३ अाैँ स्थान पायो। उक्त स्थान प्राप्त गरेको टिटुकेले २२ हजार ५०० डलर पाएको छ।