२५ माघ २०७९, बुधबार

Logo

नगरपालिकामा डिजिटल नागरिक वडापत्र



१२ माघ, पाल्पा। पाल्पाको रामपुर नगरपालिकाको कार्यालयमा डिजिटल प्रविधिको नागरिक वडापत्र राखिएको छ । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई मध्यनजर गर्दै कार्यालय परिसरमा बुधबार डिजिटल नागरिक वडापत्र जडान गरी राखिएको हो ।

नगरपालिका कार्यालयबाट प्रवाह हुने ६० प्रकारका सेवा कसरी र कहाँ लिने ? र यसका लागि आवश्यक कागजी प्रक्रियाबारेमा स्पष्टरुपमा वडापत्रमा उल्लेख छ ।

सेवाग्राहीलाई सजिलोसँग छिटोछरितो सेवा प्रदान गर्न प्रविधियुक्त सेवा दिन थालेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले बताए । नगरभित्रका केही वडामा पनि डिजिटल नागरिक वडापत्र राखिएको र अन्य वडा कार्यालयमा पनि राखिने उनको भनाइ छ ।

रामपुर नगरलाई प्रविधिमय बनाउन र समयानुकूल भित्रिएका प्रविधिको उच्चतम प्रयोग गरेर सेवा दिने उद्देश्यले कार्यालयमा डिजिटल प्रविधिसहितको वडापत्र तयार पारेर राखिएको नगर प्रमुख रमणबहादुर थापाले बताए ।

प्रविधिको प्रयोगका कारण सेवाग्राही र सेवा दिने कर्मचारीलाई कामकाजमा धेरै सजिलो हुने भएको छ । नगरपालिकको वडा नं. ४, ५ र ६ मा पनि डिजिटल प्रविधिको नागरिक वडापत्र राखिएको छ ।


२४ माघ, काठमाडाैँ। ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ ।

२३ माघ, एजेन्सी। स्पेसएक्सका प्रमुख एलन मस्कले आफ्नो विशाल ‘स्टारशिप’ रकेट प्रणाली योजनाअनुसार अघि

२२ माघ, काठमाडाैँ। सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकम २० औँ वर्षमा

२२ माघ, काठमाडौं । अब इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने भएको छ । इन्टरनेट