Trending:

सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना
अपडेट

सञ्चारमाध्यमको दर्ता, नवीकरण र सूचीकरणमा एकीकृत प्रणाली अपाइने

सञ्चारमाध्यमको दर्ता, नवीकरण र सूचीकरणमा एकीकृत प्रणाली अपाइने
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 1 मिनेट

१२ माघ, काठमाडाैँ। सञ्चारमाध्यमको दर्ता, नवीकरण तथा सूचिकरणमा एकीकृत प्रणाली अपनाइने विषयमा छलफल भएको छ । प्रेस काउन्सिल नेपालले बुधबार आयोजना गरेको नियामक निकाय तथा सरोकारवालासँगको बैठकमा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सूचना प्रविधिको उपयोग गरी एकीकृत प्रणाली सुरु गर्न नियामक निकाय एकजुट हुनुपर्ने बताए ।

“दर्ता र सूचीकरणका लागि विभिन्न नियामक निकायलाई पटक(पटक शुल्क र एउटै कागजपत्र बुझाउनुपर्ने गुनासो आइरहेको छ”, उनले भने, “अब सञ्चारमाध्यमको उक्त समस्या समाधान गर्ने गरी काम गर्नुपर्छ ।”

सूचना तथा प्रसारण विभागका महानिर्देशक शङ्कर नेपालले सञ्चारमाध्यमको सहजताका लागि एकीकृत प्रणाली लागू गर्न विभाग तयार रहेको स्पष्ट पारे । उनले भने, “सबैको सहकार्य र समन्वयमा एकीकृत प्रणाली लागू गर्न आवश्यक छ । उचित योजनाका लागि स्रोतको समस्या छैन ।”

बैठकमा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइले सूचना तथा प्रसारण विभागमा दर्ता भएको सञ्चारमाध्यमको विवरण सबै नियामक निकायमा पुग्नुपर्ने बताए । उनले विज्ञापन बजारमा सञ्चार योजना बनाउनका लागि सबै सञ्चारमाध्यमको वर्गीकरण हुनुपर्नेमा जोड दिए ।

“सञ्चारमाध्यम वर्गीकरण नहुँदा विज्ञापन बजारमा कसरी ‘मिडिया प्लानिङ’ गर्ने रु कुन सञ्चारमाध्यम कति र कहाँ लोकप्रिय छ ? भन्ने विवरण पाउन गाह्रो छ”, उनले भने । विज्ञापनमा हुने चुहावट नियन्त्रणका लागि नियामक निकायको ध्यान जानुपर्ने उनको भनाइ छ ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष सङ्गीता खड्काले न्यूनतम पारिश्रमिक निर्धारणका लागि श्रमजीवि पत्रकारसम्बन्धी ऐन(२०५१ संशोधन तथा समीक्षा हुनुपर्नेमा जोड दिइन् । सीमित स्रोत र जनशक्तिका कारण अनुगमन प्रभावकारी बनाउन नसकेको उनले गुनासो गरिन् । उनले ऐन संशोधन गरी तहगत पद विभाजनका लागि सिफारिस गर्ने तयारीमा आफूहरु रहेको जानकारी दिइन् ।

बैठकमा पत्रकारको योग्यता, सेवाग्राहीको सहजता, आचारसंहिताको कार्यान्वयन, सञ्चारकर्मीको सेवा सुविधा, विज्ञापन चुहावट, न्यूनतम पारिश्रमिक र लोककल्याणकारी विज्ञापनलगायतका विषयमा छलफल भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?