९ चैत्र २०७९, बिहीबार

स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको मोबाइल बैंकिंगमा समस्या!



१४ माघ काठमाडौँ। पिएलसी द्वारा सञ्चालित बैङ्किङ्ग तथा वित्तीय सेवा कम्पनी स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको मोबाइल बैंकिंगमा आज शनिवार बिहानै देखि समस्या देखिएको छ।

नेपालमा रहेको अन्तर्राष्ट्रिय कारोबार मान्य बैङ्क भनेर चिनिने स्ट्याण्डर्ड चार्टर्ड बैङ्कमा बिहानै देखि समस्या देखिएपछि ग्राहकहरू मारमा परेका छन्। बैङ्कको आधिकारिक मोबाइल एप एस.सी मोबाइल बाट कुनै कारोबार भएका छैनन् भने कनेक्ट आइपिएस् देखि समेत कारोबारहरू सफल हुन सकेका छैनन्।

कनेक्ट आइपिएस् बाट कारोबारको प्रयास गर्दा सबै डिटेल भर्न मिल्ने तर प्रक्रिया अगाडी बढाउने क्रममा वान टाइम पासवर्ड (ओ.टि.पी) मेसेज नआउने समस्या देखिएको छ।

उक्त समस्याका कारण हजारौँ ग्राहकहरू प्रभावित बनेसँगै टेक कागजका सम्वाददाताले बैङ्कका कर्मचारीलाई सम्पर्क गर्दा कर्मचारीले बिहानै देखि समस्या रहेको कुरा सहर्ष स्वीकार गर्दै समस्याका बारे प्राविधिक टिममा रिपोर्ट भइसकेकाले आइतबार बिहानको कार्यालय समयको पहिलो घण्टामै समस्या समाधान हुने कुरामा आशावादी रहन समेत आग्रह गरेका छन्।


 ९ चैत, काठमाडाैँ । विश्वप्रख्यात टेक कम्पनी एप्पलले पछिल्लो संस्करणको आइफोनको मूल्य घटाएको छ

६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

२ चैत, एजेन्सी। फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः