१६ माघ, काठमाडाैँ। पूर्व प्रेमिकाको चरित्रहत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन्। फेसबुकमार्फत चिनजान भइ प्रेम बसेपछि शारिरिक सम्बन्ध राखेको फोटो तथा भिडियो साथीको म्यासेन्जरमा पठाउने व्यक्तिलाई साइबर ब्युरोले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिकाका २४ वर्षीय अर्जुन खड्का रहेका छन्। उनलाई विद्युतीय कारोबार एेन २०६३ अन्तर्गतको कसूरमा काठमाडाैँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिइ सात दिन म्याद थपि अनुसन्धान भइरहेको साइबर ब्युरोले जानकारी दिएको छ।