१७ माघ, हेटाैँडा। ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले थाहा नगरपालिका बज्रबाराही बजारमा विद्युत् सेवा वितरण प्रणालीको अनुगमन गरेका छन् ।
सो क्रममा उनले नेपाल विद्युत् प्राधिकरणको विद्युत् वितरण सेवामा प्रयोग भएका काठका पोलहरू पुराना भई मक्किएकाले दुर्घटना हुनसक्ने भएकाले नयाँ पोल राख्न प्राधिकरणको पालुङ शाखालाई निर्देशन दिए ।
राज्यमन्त्री सिंहले बज्रबाराही बजारका बासिन्दाको गुनासोलाई दृष्टिगत गर्दै पुराना मक्किएको काठको पोलहरू कुनै पनि बेला भाँचिएर अनपेक्षित दुर्घटना हुनसक्नेतर्फ सचेत गराएका थिए ।