Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

नेपाल टेलिभिजन व्यावसायिक र प्रतिस्पर्धी बन्नुपर्छ : मन्त्री शर्मा

नेपाल टेलिभिजन व्यावसायिक र प्रतिस्पर्धी बन्नुपर्छ : मन्त्री शर्मा
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१७ माघ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिभिजन (एनटिभी) ले आफूलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउँदै लैजानुपर्ने बताएकी छन् । नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले अनगिन्ती टेलिभिजनको भीड बीच आफूलाई अब्बल बनाउनुपर्ने बताइन् ।

‘अहिले नेपाल टेलिभिजनलाई विविधता र बहुलता, नेपाली समाजको आवश्यकता र आम नागरिकको अपेक्षा पूरा गर्दै देश भित्र र बाहिरका अनगिन्ती टेलिभिजन च्यानलका बीच आफूलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउँदै लैजानुपर्ने चुनौती रहेको छ’, सरकारका प्रवक्ता शर्माले भनिन्, ‘यसका लागि व्यावसायिक सोच र जनशक्ति अधिकतम् सदुपयोग र परिचालन गर्ने तथा व्यापारिक आम्दानीमा पनि अभिवृद्धि गर्दै लैजानुपर्ने भएको छ ।’

आगामी दिनका लागि यस टेलिभिजनले गहिरो अध्ययन गरी आम जनताले महसुस गर्ने खालका योजना तय गरोस् भन्दै उहाँले त्यसलाई लक्ष्यअनुरुप सम्पन्न गर्न सम्पूर्ण साधन स्रोतको सही ढङ्गले सदुपयोग गर्ने विश्वास व्यक्त गरिन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सम्वद्र्धन, राष्ट्रिय हितको प्रवद्र्धन, संवैधानिक सर्वोच्चता, विधिको शासन, बहुलता, विविधता र सामाजिक न्यायको स्थापना जस्ता विषयलाई आत्मसाथ गर्दै आगामी दिनमा नेपाल टेलिभिजनले आफ्ना प्रसारणका विषयवस्तु, प्रस्तुति, प्रविधि र पुहँचमा थप विस्तार र सुधार गर्ने विश्वास उनले व्यक्त गरिन् ।

देशको कला, साहित्य, संस्कृति, सामाजिक समावेशीता, विपन्न एवं अल्पसङ्ख्यक लगायत सबै वर्ग र क्षेत्रका आवाजलाई स्थान दिँदै उनले टेलिभिजनले शिक्षा र जनचेतना प्रवाह गरी राज्यबाट भएका सकारात्मक पहललाई नेपाली नागरिक समक्ष पुर्‍याउने गरेको छ भनिन्। ‘यतिमात्र होइन प्राकृतिक प्रकोप, महामारी जस्ता विषय, परिस्थिति र उच्च जोखिमका बीचमा पनि आधिकारिक सूचना आफ्ना दर्शकलाई दिइरहेको छ । यसका निमित्त नेपाल टेलिभिजन धन्यवादको पात्र छ’, उनले भने ।

मुलुकको टेलिभिजन तथा प्रसारण पत्रकारितामा नेपाल टेलिभिजनको स्थान विशिष्ट रहँदै आएको जनाउँदै उनले श्रव्यदृश्य प्रसारणको तीन दशक पार गरिसकेको यस टेलिभिजनले यस अवधिमा प्रविधि र प्रसारण क्षमतामा सुधार र विकास गरेको बताइन् । नेपाल टेलिभिजनले राज्यको विश्वसनीय र आधिकारिक सूचना स्रोतका रुपमा रही नेपालको जातीय, भाषिक, सांस्कृतिक र प्राकृतिक विविधताको प्रवद्र्धन एवं राष्ट्र हितको सम्वद्र्धनमा यसले महत्वपूर्ण योगदान गरेको उनको भनाइ छ ।

‘देशमा भएका महत्वपूर्ण घटनाहरु, राजनीतिक परिवर्तनलाई संस्थागत गर्न राष्ट्रिय प्रसारकरका रुपमा समेत यसले अहम् भूमिका खेलेको छ’, उनले भनिन् । यसको विकास र क्षमता अभिवृद्धि तथा कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासका लागि मन्त्रालय सदैव सकारात्मक रहेको जनाउँदै उनले संस्थाको श्रीवृद्धिका लागि सम्पूर्ण कर्मचारी इमान्दार र प्रतिबद्ध भएर लाग्ने विश्वास व्यक्त गरिन् । ‘सबैको इमान्दार प्रयासले टेलिभिजनलाई अझ उच्च स्थानमा लैजान सफल हुनेछौँ’, मन्त्री शर्माले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?