Trending:

सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना
अपडेट

आवश्यकता ‘डिजिटल हेल्थ’को

आवश्यकता ‘डिजिटल हेल्थ’को
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१८ माघ, काठमाडाैँ। सरकारले ‘डिजिटल नेपाल’का क्षेत्रमा विभिन्न काम गर्दै जाँदा सरोकारवालाहरुले ‘डिजिटल हेल्थ’को अवधारणलाई पनि प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता महसुस गरेका छन्।

मंगलबार यहाँ आयोजित ‘नेपालमा डिजिटल हेल्थ कार्यान्वयनको सम्भावना र चुनौती’का विषयक अन्तरक्रियामा सहभागी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीले तथ्याङ्क व्यवस्थापनमा एकीकृत प्रणालीको विकास आवश्यक रहेको बताए।

“हामीसँग जति पनि ज्ञान, सीप, प्रविधि तथा तथ्याङ्क छन् त्यसलाई राज्यले खोजेर एकीकृत गर्न सक्नुपर्छ”, उनले भने, “साथमा तथ्याङ्कको स्रोत, सुरक्षा र विश्वसनीयतामा ध्यान दिनु जरुरी छ।”

उनले कोभिडको समयमा ठूलो समस्या परेका अनुभव सुनाउँदै त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिए। कुनै पनि चिकित्सकसँग बिरामीको अभिलेख नरहेको, रोगको उपचारको खास प्रोटोकल नभएको उल्लेख गर्दै इलेक्ट्रिोनिक रेकर्ड जरुरी भएको उनको धारणा छ।

विकसित मुलुकमा बिरामीको सबै विवरण डिजिटलाइज हुने भन्दै जुनसुकै अस्पताल गए पनि विगतको जानकारी लिन सजिलो हुने उनको भनाइ छ। चिकित्सकको सिफारिसका साथै औषधिको जानकारी समेत फार्मेसीसम्म पुग्ने भएकाले बिरामीले सोही आधारमा सेवा लिएरहेको उनको भनाइ छ।

सोच नेपालका कार्यकारी निर्देशक उत्तम निरौलाले बेलायत तथा अष्ट्रेलियमा आफूले प्राप्त गरेको अनुभव सुनाउँदै भने, “प्रणालीबाट एक क्लिकमा स्वास्थ्यका सबै जानकारी प्राप्त हुनसक्छ, अब त्यो अभ्यास नेपालमा किन नगर्ने ?”

सांसद रामहरि खतिवडाले डिजिटल हेल्थ लागू भए धेरै सहज हुने बताउनुभयो। लामो समय चिकित्सा सेवा दिएकी सांसद डा चन्दा कार्कीले डिजिटल हेल्थका विषयमा राज्यले गम्भीरताका साथ नीति नियम बनाउनुपर्ने बताइन्। विगतमा शिक्षण अस्पतालमा ‘हेल्थ नेट’ सुरु गरिए पनि कार्यक्रम प्रभावकारी हुन नसकेको उनको भनाइ छ।

स्वास्थ्य सेवा विभागका सूचना प्रविधि शाखाका राजेन्द्रप्रसाद पौडेलले विवरण सङ्कलनको एक खालको प्रक्रिया भइरहेको तर डाटा प्रवेश विन्दुमै समस्या रहेको धारणा राखे “एक जना चिकित्सकले एक सय जनासम्म बिरामी हेर्नुपर्छ, उसले कसरी विवरण भर्न सक्छ, आवश्यक जनशक्ति व्यवस्थापन जरुरी छ”, उनले भने।

सोच नेपालका अध्यक्ष डा दामोदर पुडासैनीले स्वास्थ्य मन्त्रालयले डिजिटल हेल्थलाई प्राथमिकता दिनुपर्ने बताए। “विश्वव्यापी भएको विकासलाई नेपालले पनि स्वीकार गर्नुपर्छ”, उनले भने, नेपालमा ई–हेल्थमा धेरै खर्च भइसकेको छ, यसलाई प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?