Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

दुर्गमका वडा कार्यालयमा इन्टरनेट नचल्दा समस्या

दुर्गमका वडा कार्यालयमा इन्टरनेट नचल्दा समस्या
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

२० माघ, बागलुङ । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि सबैभन्दा दूरमा छ तमानखोला गाउँपालिका । यहाँका गाउँ निकै विकटमा छन् । अग्ला–अग्ला पहाड र छरिएका बस्तीहरू हुँदा एकदेखि अर्को गाउँ पुग्न घण्टौँ लाग्ने गर्छ । गाउँहरू सामान्य विकासको पूर्वाधारले भर्खर–भर्खर जोडिँदै छन् । स्थानीय सरकार आएपछि विकासले जोडिन थालेका गाउँका नागरिक अहिलेसम्म इन्टरनेटको पहुँचदेखि निकै टाढा छन् ।

हरेक पालिकाको केन्द्रदेखि वडा–वडासम्म इन्टरनेट विस्तार गर्ने सरकारको नीतिअनुसार गाउँपालिकाले छ वटै वडा कार्यालयमा इन्टरनेट जडान गरेको छ । चार वर्ष अगाडि गाउँपालिकाले इन्टरनेट जडान गरे पनि राम्रोसँग नचल्दा कर्मचारी र सेवाग्राहीले समस्या भोग्नुपरेको छ । भौगोलिक विकटताका कारण इन्टरनेट नचल्दा सेवा प्रवाहमा समस्या भएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए।

अध्यक्ष बुढामगरले टेकमाइन कम्पनीसँग सम्झौता गरेर सबै वडामा इन्टरनेट विस्तार गरेको भन्दै सुरु सुरुमा राम्रोसँग चले पनि अहिले कहिले चल्ने कहिले नचल्ने गरेको बताए। इन्टरनेट नियमित नचल्दा सेवाग्राही मर्कामा पर्ने गरेको अध्यक्ष बुढामगरको भनाइ छ । सेवालाई थप प्रभावकारी र गुणस्तरी बनाउन थाले पनि इन्टरनेटका कारण सोचेअनुसार काम गर्न नसकेको उनीले बताउछन्।

अध्यक्ष बुढामगर भन्छन्, “वडा कार्यालय निकै विकट ठाउँमा छन्, डाँडापाखा हुँदै इन्टरनेटको केवल पु¥याइएको छ, नेट कहिले चल्छ कहिले चल्दैन, पञ्जीकरण, राजस्व सङ्कलन, कार्यालयका कागजातसम्बन्धी तथा अन्य काम इन्टरनेटबाटै गर्नुपर्छ तर नचल्दा समस्या भएको छ, सेवाग्राहीलाई दिउँसोभर कुराउनुपर्ने अवस्था छ ।”

उनले पालिकाको वडा नम्बर ४, ५ र ६ मा बढी समस्या भएको बताए। वडा कार्यालयसँगै केही विद्यालयमा पनि इन्टरनेट विस्तार गरेको उनको भनाइ छ । इन्टरनेटलाई व्यवस्थित र द्रूत गतिमा चल्ने गराउनका लागि इन्टरनेट सेवा प्रदायक कम्पनीलाई आग्रह गरिरहेको अध्यक्ष बुढामगर बताउछन्।

भौगोलिक विकटताका कारण तारमा समस्या आउँदा कहिलेकाहीँ तत्काल मर्मत गर्न नसक्दा इन्टरनेट अवरुद्ध हुने टेकमाइन नेटवर्क बुर्तिबाङका प्रमुख टेकबहादुर कार्कीले बताए। उनले बर्खामा बाहेक अन्य समय नियमित इन्टरनेट सञ्चालन हुने गरेको बताउनुभयो । सेवालाई थप व्यवस्थित गर्नका लागि कम्पनीले व्यवस्थापनलाई चुस्त बनाइरहेको उनी बताउछन्।

कार्की भन्छन्, “तमानखोलाको धेरै ठाउँमा भौगोलिक विकटताका कारण पुग्न गाह्रो हुन्छ, टाढाबाट वन जङ्गल हुँदै तारमार्फत इन्टरनेट वडा कार्यालयसम्म पुर्याएका छौँ, कहिलेकाहीँ प्राविधिक समस्या आउँदा सेवा अवरुद्ध हुनु स्वाभाविक भयो, धेरै समय तीव्र गतिमै नेट चल्छ, बर्खामा हो अलिकति समस्या हुने नत्र त्यसरी सबै अवरुद्ध हुँदैन ।”

निसीखोला गाउँपालिका–६ को कार्यालयमा पनि निरन्तर इन्टरनेट नचल्दा सेवा प्रवाहमा समस्या भएको वडाध्यक्ष हेमबहादुर बुढामगर (सूर्यमान) ले बताए। उनले इन्टरनेट आउने जाने गर्दा सेवाग्राहीले समयमै सेवा पाउन नसकेको गुनासो गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?