Trending:

नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा पुनःनिर्वाचित हुन्डाईको आयोनिक ५ ईभी अब सय किलोवाटमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही प्राविधिक शिक्षा अध्ययनका लागि बिनाब्याज पाँच लाख ऋण दिइने खर्बौंको एनसेल ‘तन्नम’ कागजी कम्पनीको कब्जामा: युकेमा दर्ता, सिंगापुरबाट सञ्चालन नेपालभर ‘पठाओ पोइन्ट्स’ र ‘पठाओ पार्सल’ डेलिभरी सेवा सुरू युटयुबको प्रतिबन्धपछि रसियाले गुगललाई गर्‍यो विश्वको जीडीपीभन्दा बढी रकम जरिवाना जागिर खोस्छ भन्ने एआईले उल्टै कर्मचारीको काम किन बढायो ? स्मार्ट च्वाइस् र एनसीएचएलबिच नेपालपे कार्डको लागि समझदारी यस्तो छ वर्ल्डलिंकको राजश्व छलीसम्बन्धीको मुद्दामा सर्वोच्चको फैसला (पूर्णपाठसहित) एनसेलको शंकास्पद कारोवार: हुण्डी र ‘क्रिप्टो’ गरेको आशंका, अनुसन्धान गर्न माग [प्रमाणसहित] मानिसजस्तै सोच्न सक्छ एआईले ? एलजीका उत्पादनहरुमा ४० प्रतिशत सम्मको क्यासब्याक र पक्का उपहार ! औद्योगिक क्षेत्रको आधुनिकीकरणमा एआई अपरिहार्य भइसक्यो : उद्योगमन्त्री आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी राष्ट्रिय नीति बनाएर अघि बढ्ने सरकारको तयारी नेपालमा पहिलो पटक सुरु भएको एआई सम्मेलनको प्रधानमन्त्रीले गरे उद्घाटन दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीविरुद्ध भ्रष्टाचारको उजुरी, अनुसन्धान गर्दै अख्तियार [प्रमाणसहित] विश्वका दुई धनी व्यक्ति मस्क र अम्बानीबीच ‘अन्तरिक्ष इन्टरनेट’ युद्ध ड्रोनबाट सामान ढुवानी
अपडेट

‘टेलिकमको सेवा ग्राहकको घरसम्मै पुर्‍याउँछौँ’

‘टेलिकमको सेवा ग्राहकको घरसम्मै पुर्‍याउँछौँ’
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 1 मिनेट

२० माघ, सप्तरी। नेपाल टेलिकमले प्रदान गर्दैआएको हरेक सेवा सेवाग्राहीको घरसम्म पुर्‍याउने नेपाल टेलिकम मधेश प्रदेश प्रादेशिक निर्देशनालयका निर्देशक अन्तप्रकाश मल्लिकले बताएका छन् । सेवा प्रवाह चुस्त दुरुस्त र फाइवर सुविधालाई गुणस्तरीय बनाउने विषयमा बिहीबार नेपाल टेलिकम दूरसञ्चार कार्यालय राजविराज, हनुमाननगर शाखाका कर्मचारीहरूसँगको अन्तरक्रियामा उनले त्यस्तो बताएका हुन् ।

पुरानो तामाको तारबाट चल्ने टेलिफोन तथा इन्टरनेट पूर्णरुपमा विस्थापन गरी नयाँ प्रविधिको फाइबर टु दि होममा रूपान्तरण भइसकेको उनले जानकारी दिए । अन्य जिल्लाको तुलनामा वैदेशिक रोजगारीमा सप्तरीका नागरिक धेरै गएकाले डाटा चलाउने ग्राहकहरूको तथ्याङ्क पनि यहाँ अत्यधिक रहेको उनको भनाइ छ । निजी डाटा कम्पनीहरूको प्रतिस्पर्धाकाबीच हामी टेलिकमको सेवा परिष्कृत बनाउँदै लग्नुपर्छ । पहिलाजस्तो टेलिकमको एकक्षत्रीय राज नरहेकाले हामीकहाँ ग्राहक आउनुभन्दा हामी सेवाग्राहीको घरसम्म पुग्नुपर्ने समय आएको छ उनले भने ।

पुराना प्रविधिलाई विस्थापन गरी नयाँ फाइवर जडान गर्ने टेलिकमको अभियानमा राजविराज शाखाले हालसम्म गरेको उपलब्धि उदाहरणीय रहेको उनले बताए । योसँगै पाइलट प्रोजेक्टमार्फत हामी ग्राहकलाई सेवा उपलब्ध गराउने प्रयासमा रहेको उनले बताए।

प्रादेशिक निर्देशनालयका प्रबन्धक डा. शालिग्राम पराजुलीका अनुसार आत्मअनुशासनले कर्मचारी स्वयम् र संस्थालाई फाइदा हुने बताए । सेवा सुलभ र गुणस्तरीय भए मात्र समाज र सेवाग्राहीले सम्मानको दृष्टिकोणले हेर्ने उनले बताए । नेपाल टेलिकमको मुख्य आम्दानीको स्रोत ग्राहकलाई सेवाप्रवाह गरे बापतको रकम भएकाले हामी इमान्दारीपूर्वक काम गरेर संस्थानलाई अघि बढाउन योगदान गर्नुपर्ने धारणा राखे ।

दूरसञ्चार कार्यालय राजविराजका कार्यालय प्रमुख मो. हसन अन्सारीले राजविराजमा २०७७ चैत्रबाट सुरु गरेको सेवा विस्तार तथा वितरणसम्बन्धी काम अहिले आएर सम्पन्न हुन लागेको उनले जानकारी दिए । राजविराजमा दरबन्दीअनुसार कर्मचारी पदपूर्तिको पहल गरिदिन शाखा प्रमुख अन्सारीले निर्देशनालयसँग अनुरोध गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?