Trending:

नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा पुनःनिर्वाचित हुन्डाईको आयोनिक ५ ईभी अब सय किलोवाटमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही प्राविधिक शिक्षा अध्ययनका लागि बिनाब्याज पाँच लाख ऋण दिइने खर्बौंको एनसेल ‘तन्नम’ कागजी कम्पनीको कब्जामा: युकेमा दर्ता, सिंगापुरबाट सञ्चालन नेपालभर ‘पठाओ पोइन्ट्स’ र ‘पठाओ पार्सल’ डेलिभरी सेवा सुरू युटयुबको प्रतिबन्धपछि रसियाले गुगललाई गर्‍यो विश्वको जीडीपीभन्दा बढी रकम जरिवाना जागिर खोस्छ भन्ने एआईले उल्टै कर्मचारीको काम किन बढायो ? स्मार्ट च्वाइस् र एनसीएचएलबिच नेपालपे कार्डको लागि समझदारी यस्तो छ वर्ल्डलिंकको राजश्व छलीसम्बन्धीको मुद्दामा सर्वोच्चको फैसला (पूर्णपाठसहित) एनसेलको शंकास्पद कारोवार: हुण्डी र ‘क्रिप्टो’ गरेको आशंका, अनुसन्धान गर्न माग [प्रमाणसहित] मानिसजस्तै सोच्न सक्छ एआईले ? एलजीका उत्पादनहरुमा ४० प्रतिशत सम्मको क्यासब्याक र पक्का उपहार ! औद्योगिक क्षेत्रको आधुनिकीकरणमा एआई अपरिहार्य भइसक्यो : उद्योगमन्त्री आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी राष्ट्रिय नीति बनाएर अघि बढ्ने सरकारको तयारी नेपालमा पहिलो पटक सुरु भएको एआई सम्मेलनको प्रधानमन्त्रीले गरे उद्घाटन दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीविरुद्ध भ्रष्टाचारको उजुरी, अनुसन्धान गर्दै अख्तियार [प्रमाणसहित] विश्वका दुई धनी व्यक्ति मस्क र अम्बानीबीच ‘अन्तरिक्ष इन्टरनेट’ युद्ध ड्रोनबाट सामान ढुवानी
अपडेट

‘टेलिकम्युनिकेसन सेवालाई भरपर्दो र गुणस्तरीय बनाउनु आवश्यक’

‘टेलिकम्युनिकेसन सेवालाई भरपर्दो र गुणस्तरीय बनाउनु आवश्यक’
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

२२ माघ, काठमाडाैँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आधुनिक प्रविधिको उच्चतम् प्रयोग गर्दै टेलिकम्युनिकेसन सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन निर्देशन दिएकी छन् ।

नेपाल टेलिकमको १९औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले प्रविधिको विकास उपभोक्ताको चाहना र बजारको मागलाई दृष्टिगत गरी सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउनुपर्ने बताइन् ।

उनले नवीन प्रविधि अवलम्बन गर्दै आधुनिक सेवा प्रवाहमा कम्पनीको प्रशसनीय कार्य रहेको भन्दै आगामी दिनमा यसलाई अझ व्यापक बनाउन निर्देशन दिइन् ।

विगतका सरकारले अघि सारेको घरघरमा इन्टरनेट र हातहातमा मोबाइलको महत्वाकाङ्क्षी नाराले सार्थकता पाएको भन्दै उनले आगामी दिनमा आफ्नै भू–उपग्रह स्थापना गरी सेवा दिने लक्ष्य लिनुपर्ने बताइन् ।

सरकारको अधिकांश स्वामित्व भएको संस्थाले सरकारको सोंच र लक्ष्यलाई पूरा गर्ने उद्देश्यसहित मुलुकका सुगमदेखि अतिविकट स्थानमा नाफारहित भए पनि दूरसञ्चार र सूचना प्रविधिको सेवा उपलब्ध गराउने जिम्मेवारी नेपाल टेलिकमको भएको बताइन्।

‘वर्तमान संविधानले समाजवादोन्मुख अर्थतन्त्रको परिकल्पना गरेको भन्दै नेपाल टेलिकमजस्ता आत्मनिर्भर संस्थानको संरक्षण र सम्वर्द्धन गरी सेवा प्रवाह, रोजगारी सिर्जना र राजस्वको महत्वपूर्ण स्रोतका रुपमा स्थापित गर्ने राज्यको प्राथमिकता हुनेछ’, उनले भनिन्।

सरकारले सूचना प्रविधिको प्रयोगमार्फत नागरिकलाई प्रदान गर्ने सबैखाले सेवालाई सरल, सुलभ र विनाअवरोध उपलब्ध गराउन सबैको साझा दायित्व रहेको बताइन् ।

उनले आजका दिनसम्म कम्पनीले तीन हजार आठ सय कर्मचारीमार्फत उत्पादन देशभरिका एक करोडभन्दा बढी ग्राहकसँग सेवा पुर्याएको भन्दै आगामी दिनमा जनताले प्रत्यक्ष लाभ महसुस गर्ने सेवालाई परिमार्जन र उत्पादन गर्दै थप जनतासम्म पुग्नुपर्ने आवश्यकता रहेको बताइन् ।

दुर्गमका कार्यालयमा कर्मचारीको अभावमा सेवा प्रभावकारी हुन नसकेको, समयमै मर्मत हुन नसकेको समस्यालाई छिट्टै समाधान गर्नुपर्ने उनको भनाइ छ । उनले ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकता दिन जरुरी भएको बताइन् ।

‘न्यूनतम सञ्चालन खर्चमा अधिकतम उत्पादन हासिल गरी ग्राहक सेवालाई गुणस्तरीय सस्तो र सर्वसुलभ बनाउँदै कर्मचारीको सेवासुविधालाई वृद्धि गर्दै लैजाने तथा राज्य र लगानीकर्तालाई अधिकतम प्रतिफल दिनु दायित्व नेपाल टेलिकमसँग छ’, उनले भनिन्। यसका लागि उच्च व्यवस्थापनदेखि सबै तहका नेतृत्वले गर्नुपर्ने काम स्पष्ट व्यवस्था गरिएको उनको भनाइ छ ।

मन्त्री शर्माले समयमै आयोजनाको काम पूरा गर्न पनि निर्देशन दिइन् । विकट क्षेत्रमा सेवा बिस्तार तथा मानवीय बस्तीमा टावर बिस्तार, वन क्षेत्रमा हुने पूर्वाधार विकास चुनौतीपूर्ण रहेको रहेको उनको भनाइ छ ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले ग्राहकको सन्तुष्टिलाई सर्वोपरी राख्नुपर्ने दायित्वलाई दृष्टिगत गरि सेवा निरन्तर, भरपर्दो र गुणस्तरीय बनाउनुपर्ने बताए । साथै नेपाल टेलिकमलाई प्रतिस्पर्धी बजारमा दरिलो उपस्थिति जनाउन तथा गुणस्तरीय सेवा सुलभ दरमा देशभर पु¥याउनुपर्ने आवश्यकता औँल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?