२३ माघ, एजेन्सी। स्पेसएक्सका प्रमुख एलन मस्कले आफ्नो विशाल ‘स्टारशिप’ रकेट प्रणाली योजनाअनुसार अघि बढेमा अर्को महिना पहिलो पटक अन्तरीक्षमा प्रक्षेपण गरिने बताएका छन् ।
नासाका अन्तरिक्षयात्रीलाई चन्द्रमामा उडाउने लक्ष्यका साथ गत वर्षदेखि स्पेसएक्सले आफ्नो नयाँ पुस्ताको ‘डिप स्पेस ट्रान्सपोर्टेसन सिस्टम’को महत्वपूर्ण प्रदर्शन उडान गर्न खोजिरहेको छ ।
“यदि बाँकी परीक्षणहरू राम्रोसँग सफल भएमा हामी अर्को महिना ‘स्टारशिप’ प्रक्षेपण गर्ने प्रयास गर्नेछौं,” मस्कले शनिबार स्टारशिपको बारेमा एक ट्वीटर प्रयोगकर्ताको प्रश्नको जवाफमा ट्वीट गरेका छन् ।
मस्कले जनवरीमा प्रक्षेपणको तयारीबारे जानकारी दिँदै भने, “यथार्थमा फेब्रुअरीको अन्त्यमा स्टारशिप प्रक्षेपण गर्ने योजना रहेको सबै काम सोचेअनुसार भएमा प्रक्षेपण गर्ने प्रयास मार्चसम्ममा सफल हुने अत्यधिक सम्भावना देखिन्छ ।
स्पेसएक्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मस्कले जनवरी ७ मा ट्वीटर गर्दै स्पेसएक्सको उडान जनवरी ३१ सम्ममा हुनसक्ने बताएका छन् ।
स्पेसएक्सले चन्द्रमा र मङ्गल ग्रहमा मानिस र कार्गो बोक्नका लागि स्टारशिपको विकास गरिरहेको छ । “परीक्षण उडान स्टारबेसबाट गरीे एक पटक पृथ्वीको परिक्रमा गर्नेछ र त्यसपछि हवाईको टापू काउई नजिकबाट प्रशान्त महासागरमा खस्नेछ,” उनले भने ।
‘स्टारशिप’ अहिलेसम्मकै सबैभन्दा शक्तिशाली प्रक्षेपण यान हुनेछ, जसले पृथ्वीको तल्लो कक्षमा १०० टन कार्गो बोक्न सक्नेछ । यो दुई–भाग प्रणालीको लागि सामूहिक नाम हो, जसमा चालक दल र कार्गो बोक्ने विशाल रकेट समावेश रहनेछ । रकेटले ‘स्टारशिप’लाई लगभग ६५ किलोमिटरको उचाईमा पुर्याउनेछ र पृथ्वीमा फर्कनेछ ।