२३ माघ, काठमाडाैँ। वायरलेस ब्रोडब्याण्ड अर्थात् फोरजी एलटिइ सेवाको देशव्यापी विस्तार गरिएको टेलिकमले जनाएको छ । हालसम्म ७७ जिल्लाका सात सय ३९ स्थानीय तहमा यसको पहुँच पुगेको छ भने आयोजनाको ९८ प्रतिशत कार्य पूरा भइसकेको कम्पनीले उल्लेख गरेको छ ।
फोरजी नेटवर्क विस्तारसँगै फोरजी डाटाको खपतमा उल्लेखनीय वृद्धि भएको र नयाँ प्रविधिका रुपमा ई–सिमकार्डको देशव्यापी वितरण गरिरहेको प्रबन्ध निर्देशक पोडेलले बताए ।
डाटा सेवाको माग पूरा गर्न वायरलेस होम ब्रोडब्याण्ड सेवा उपलब्ध गराइएको छ । देशका अधिकांश स्थानमा फोरजी एलटिइ सेवा विस्तारसँगै भोल्टेजको प्रयोग उल्लेख्यरुपमा वृद्धि भएको छ ।