Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

सूचना प्रविधिको विकाससँगै चुनौती बढ्यो, बैकिङ प्रयोगकर्तामाथि जोखिम

सूचना प्रविधिको विकाससँगै चुनौती बढ्यो, बैकिङ प्रयोगकर्तामाथि जोखिम
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

२५ माघ, काठमाडाैँ। गत मङ्सिर २६ मा ललितपुरको सातदोबाटोमा हरिप्रसाद ढकालको नाममा रहेको एनआइसी एसिया बैंकको मोबाइल बैंकिङ एप ह्याक गरी रकम चोरी भएको घटनाले सबै मोबाइल एप प्रयोगकर्तालाई त्रसित बनाएको छ । प्रविधिको विकाससँगै यसको दुरुपयोग गरी ठगी गरेका समाचार पनि समय–समयमा आइरहन्छन् ।

ह्याकरले विभिन्न प्रलोभनसहितका प्रस्ताव गर्दै सामाजिक सञ्जालमार्फत पठाउने लिङ्कमा अन्जानमै हुने एकै क्लिकका भरमा व्यक्तिगत मोबाइलमा ह्याकरले सहजै पहुँच स्थापित गर्न सक्छन् । जसले गर्दा व्यक्तिको बैंक खातासम्म अनधिकृत पहुँच स्थापित गरी खातामा भएको रकम सहजै निकाल्न सक्छन् । पछिल्लो बढ्दो डिजिटल प्रविधिको प्रयोगसँगै पछिल्लो समय अपराध र चोरी नियन्त्रणमा नयाँ चुनौती थपिएको छ । समय समयमा भइरहने यस्ता घटनाले मोबाइल बैकिङ प्रयोगकर्तामाथि जोखिम उत्पन्न भएको छ ।

व्यक्तिको मोबाइल नम्बरका आधारमा सञ्चालन हुने मोबाइल बैंकिङ एपमाथि ह्याकरले विभिन्न उपायको उपयोग गरी सहजै पहुँच जमाउन सक्ने हुँदा बैंक खातामा भएको रकम जुनसुकै बेला हराउनसक्ने अवस्था छ । उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार पछिल्लो सात महिनामा महाशाखामा मात्रै आठ सयभन्दा बढी यस्ता ठगीका उजुरी परेका छन् । “यो हाम्रो महाशाखाको मात्रै तथ्याङ्क हो, केन्द्रीय ब्यूरो र काठमाडौँमा दर्ता भएका अझ धेरै छन्”, उनले भने, “सामाजिक सञ्जालमार्फत ठगिनेको सङ्ख्या पनि उत्तिकै छ ।”

बैकिङ क्षेत्रमा डिजिटल सुरक्षा यो दशककै जटिल समस्या बनेको उनको भनाइ छ । पाँच वर्ष अघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सार्वजनिक गरेको एक प्रतिवेदनमा हरेक वर्ष विश्वभरका बैंकले एक खर्ब डलर साइबर हमलामा गुमाउने गरेको उल्लेख गरेको थियो । विसं २०७६ भदौ १४ मा चिनियाँ ह्याकरले नेपालका एटिएम ह्याक गरी करिब रू तीन करोड ५८ लाख चोरी गरेका थिए । चोरीका क्रममा नबिल बैंकका सुरक्षागार्डको चलाखीले केही अपराधी समातिएका थिए । सो घटनामा पाँच चिनियाँ नागरिक र एक चिनियाँमूलका फ्रान्सेली नागरिकलाई प्रहरीले पक्राउ गर्‍यो ।

उक्त चोरीमा संलग्न भएका नेपाल आएका दुई जना र भारतबाट पैसा निकाल्ने अन्य व्यक्तिहरु अनुसन्धानको घेरामा आउन सकेका छैनन् । तत्कालीन समयमा प्रभु बैंकको खाताबाट रू दुई करोड ४५ लाख, ग्लोबल आईएमईको खाताबाट ४६ लाख, सनराइज बैंकको खाताबाट २५ लाख, माछापुच्छ्रे बैंकको खाताबाट २१ लाख, एनआईसी एसिया बैंकको खाताबाट १७ लाख,र सिटिजन्स बैंकको खाताबाट तीन लाख ४५ हजार निकालिएको थियो । पछिल्लो समय भइरहेको बढ्दो क्रममा रहेको डिजिटल ठगी र अपराधबाट बच्नका लागि साइवर सुरक्षासम्बन्धी जनचेतना नै आवश्यक भएको क्यान महासङ्घका अध्यक्ष रञ्जीत पोद्दारको भनाइ छ ।

“दिनानुदिन प्रविधिको विकास र प्रयोग बढ्दै गइरहेको छ, ह्याकरले जतिपनि अपराध र चोरी गरेका छन् ती सबै सफ्टवेयरमार्फत् सर्भरमा पहुँच पुर्‍याएर गरिएको छ”, उनले भने, “कुनै पनि सफ्टवेयर प्रयोग गर्नुअघि यो कति सूरक्षित छ र उपयुक्त छ, राम्रो र नराम्रो कुरा के छन् भन्ने थाहा पाउनुपर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?