२५ माघ, एजेन्सी। माइक्रोसप्टले यसको सर्च इन्जिन बिंगमा अहिले सबैभन्दा चर्चामा रहेको आर्टिफिसियल इन्टेलिजेन्स(एआई)सँग सहकार्य गर्ने भएको छ। माइक्रोसफ्टले मंगलबार सर्च इन्जिनलाई थप मजबुद बनाउन च्याटजिपिटीसँग सहकार्य गर्ने घोषणा गरेको हो।
ओपनएआईको च्याटजीपीटी २ महिना अघि मात्रै सार्वजनिक भएको थियो। पछिल्ला २ महिनामा नै यसका प्रयोगकर्ताहरूको संख्या १०० मिलियन भन्दा माथि पुगिसकेका छन्।
माइक्रोसफ्टको नयाँ घोषणाले सर्च इन्जिनमा एकछत्र राज गरिरहेको गुगललाई सबैभन्दा धेरै डर भएको बिबिसीमा उल्लेख गरिएको छ। बिंगमा च्याटजीपीटीको सहकार्यसँगै कम्पनीहरूमा अब एआई एडप्ट गर्ने प्रतिस्पर्धा चल्ने समेत अनुमान गरिएको छ।
माइक्रोसफ्टका मालिक सत्या नदेलले प्रतिस्पर्धा अब सुरू भइसकेको प्रतिक्रिया दिएका छन्।
माइक्रोसफ्टले समेत सहकार्य गरेको कम्पनी ओपनएआईले बनाएको च्याटजिपिटी प्रयोगकर्ताहरूसँग मानवले जसरी नै प्रतिक्रिया दिने भएका कारण थप चर्चित हुँदै गएको छ।
माइक्रोसफ्टका मालिक नदेलले बिंगसँग च्याटजीपीटीको सहकार्यले अनलाइन सर्चको प्रकृतिमा ठूलो परिर्तन ल्याउने बताएका छन्।