Trending:

बागडोलमा सीजी मोटर्सकाे अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा कम्प्युटर भाइरसका कारण राहदानी आवेदन प्रणाली प्रभावित टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै एलन मस्क : विश्वको मात्रै हैन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा पुनःनिर्वाचित हुन्डाईको आयोनिक ५ ईभी अब सय किलोवाटमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही प्राविधिक शिक्षा अध्ययनका लागि बिनाब्याज पाँच लाख ऋण दिइने खर्बौंको एनसेल ‘तन्नम’ कागजी कम्पनीको कब्जामा: युकेमा दर्ता, सिंगापुरबाट सञ्चालन नेपालभर ‘पठाओ पोइन्ट्स’ र ‘पठाओ पार्सल’ डेलिभरी सेवा सुरू युटयुबको प्रतिबन्धपछि रसियाले गुगललाई गर्‍यो विश्वको जीडीपीभन्दा बढी रकम जरिवाना जागिर खोस्छ भन्ने एआईले उल्टै कर्मचारीको काम किन बढायो ?
अपडेट

क्यान इन्फोटेकमा अवलोकन कर्ताको भीड, डेटिङ एपको स्टलमा सबैभन्दा बढी युवायुवती झुम्मिए

क्यान इन्फोटेकमा अवलोकन कर्ताको भीड, डेटिङ एपको स्टलमा सबैभन्दा बढी युवायुवती झुम्मिए
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

२५ माघ, काठमाडाैँ। सूचना प्रविधिसम्बन्धी जानकारी दिने उद्देश्यले काठमाडौँको भृकुटीमण्डपमा मङ्लबारदेखि आयोजना गरिएको सूचना प्रविधि मेला (क्यान इन्फोटेक)मा अवलोकनकर्ताको भीड लागेको छ ।

मेलामा एकसय ५० भन्दा बढी स्टलमा ल्यापटप, डेस्कटप कम्युटर, माउस, किबोर्ड, तथा टेलिभिजन सेटलगायतका सामाग्री अवलोकन गर्नेको बढी भीड लागेको आयोजकले जनाएको छ ।

‘एस्टर क्लीक’ नामक डेटिङ एपको स्टलमा सबैभन्दा बढी युवायुवतीको भीड लागेको छ । ७ फेब्रअरी अर्थात् रोज डे को अवसर पारेर लन्च गरिएको उक्त नेपाली अनलाइन डेटिङ एप १३ जना नेपाली सफ्टवयर इञ्जिनीयरहरुले तयार पारेका हुन् । कन्सेप्ट डेभलपर विजयराज ढुङ्गेललगायत टिममा दीपेश न्यौपाने, जीवन कटुवाल तथा अन्य सफ्टवेयर इञ्जिनीयर रहेका टिमका सफ्टवेयर इञ्जिनीयर दिपेश न्यौपानेले जानकारी दिए ।

मेलामा पूजापाठको स्टलमा धार्मिक कार्यमा चाहिने गाईको गोबर, रातोमाटो, गाईको घ्यूलगायतका सामग्री राखिएको ‘पूजापाठ’ एपका उत्तम खनालले बताए । उनले भने, “हामीले भक्तजनलाई सहज होस भनेर पूजापाठ एप बनाएका छौँ, धार्मिक तथा पितृकार्य कसरी गर्ने र के के सामग्री चाहिन्छ भन्ने बारेमा पूजापाठ एप डाउनलोड गरेर जानकारी पाउनुहुन्छ ।” उनका अनुसार वास्तु तथा ज्योतिषसम्बन्धी ज्ञान पाउन सकिन्छ ।

मानिसको जीवनलाई प्रविधिसँग जोड्दै नयाँ प्रविधिको बारेमा जानकारी दिने तथा व्यापार गर्ने उद्देश्यले क्यान इन्फोटेक मेला सुरु गरिएको आयोजकले जनाएको छ । प्रविधिमा भएको परिवर्तन तथा यससँग सम्बन्धित अन्य जानकारी एउटै स्थानबाट प्राप्त गर्न सकिने हुँदा मेला प्रभावकारी भएको कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान) का अध्यक्ष रञ्जित पोद्धारले बताए ।

“ठूला ठूला कम्पनीले छ महिनादेखि एक वर्षमा हार्डवयर तथा सफ्टवयर प्रविधिमा परिवर्तन गरिरहेका हुन्छन् । यसलाई एकै ठाउँमा हेर्न सकिने भएकाले मेला आयोजना गरिएको हो”, उनले भने ।

मेलामा कम्प्युटर तथा कम्प्युटर सम्बन्धित सामान, नेपाल टेलिकम, सिजी कम्पनी, कलेज, बैंक तथा वित्तीय संस्थामा प्रयोग हुने प्रविधिका सामान, किताब, छालाका सामान, गमला घर, इलेक्टिकल बाइक, स्टेसनरीलगायत व्यापारिक सामाग्री बिक्रीका लागि राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?