Trending:

डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट
World News

एमएच-१७ क्षेप्यास्त्र आपूर्तिमा पुटिनले स्वीकृति दिएको हुनसक्ने अनुसन्धानकर्ताको भनाइ

एमएच-१७ क्षेप्यास्त्र आपूर्तिमा पुटिनले स्वीकृति दिएको हुनसक्ने अनुसन्धानकर्ताको भनाइ
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

२६ माघ, एजेन्सी। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०१४ मा मलेसियाली एयरलाइन्सको विमान एमएच-१७ लाई खसालेको क्षेप्यास्त्रको आपूर्तिलाई व्यक्तिगत रूपमा स्वीकृति दिएको ‘बलियो सङ्केत’ मिलेको अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूले बुधबार बताएका छन् ।

अनुसन्धानकर्ताहरूले पुटिनलाई राष्ट्रप्रमुखको रूपमा उन्मुक्ति प्राप्त भएको र उहाँ वा अन्य संदिग्धहरूविरुद्ध मुद्दा चलाउन पर्याप्त ठोस प्रमाण नभएकाले आठ वर्ष लामो अनुसन्धान रोकेको तर्क गरेका छन् ।

युक्रेनको राजधानी एम्स्टर्डमबाट क्वालालम्पुरका लागि उडेको विमानसँग रूसी क्षेप्यास्त्र ठोक्किँदा विमानमा सवार सबै २९८ जनाको मृत्यु भएको थियो ।

नेदरल्याण्ड्सको एक अदालतले एमएच-१७ विमान खसालेको आरोपमा दुई जना रूसी र एक जना युक्रेनी नागरिकलाई दोषी ठहर गरेको तीन महिना नबित्दै यो घोषणा भएको हो ।

एएफपीका अनुसार डच अभियोजक डिग्ना भान बोएट्जेलरले द हेगमा आयोजित पत्रकार सम्मेलनमा भनेका छन्, ‘राष्ट्रपति पुटिनले डीपीआर (डोनेट्स्क पिपुल्स रिपब्लिक)लाई बुक टेलर क्षेप्यास्त्र प्रणालीबाट आपूर्ति गर्ने निर्णय राष्ट्रपतिस्तरमा गरेको बलियो सङ्केत देखिएको छ । यद्यपि हामी बलियो सङ्केतहरूको कुरा गर्छौँ, पूर्ण र निर्णायक प्रमाणहरूको उच्च पट्टीमा पुग्न सकेको छैन ।’

नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रूटले यो निर्णय ‘नितान्त निराशाजनक’ भएको तर “हामी यस त्रासदीमा रूसी महासङ्घको भूमिकाको लेखाजोखाबारे अनुसन्धान जारी राख्नेछौँ” भनेका छन् ।

तर, रूसले एमएच–१७ विमान खसाल्नुमा आफ्नो कुनै संलग्नता नरहेको बताएको छ । गत वर्ष अदालतले तीनै जनालाई दोषी ठहर गर्ने फैसलालाई रूसले ‘निन्दनीय’ र राजनीतिबाट प्रेरित भएको भन्दै आलोचना गरेको थियो ।

एमएच–१७ विमान दुर्घटनाबारे पाँच देशीय संयुक्त अनुसन्धान टोलीले भने चेन अफ कमाण्ड स्पष्ट रहेको बताएको छ ।

सन् २०१४ को जुनमा फ्रान्समा आयोजित डी-डे समारोहमा पुटिन उपस्थित भएका कारण युक्रेनी पृथकतावादीहरूलाई हतियार पठाउने निर्णय पनि स्थगित गरेका थिए । रूसी रक्षामन्त्री सर्गेई शोइगुजस्ता अन्य अधिकारीसँग आवश्यक निर्णय गर्ने अधिकार नभएको र अन्ततः यो राष्ट्रपतिको निर्णय भएको बताइएको छ ।

तथापि, मस्कोबाट सहयोगको कमी र अगाडि आउन इच्छुक साक्षीहरूको कमीको कारण, यो मुद्दा अब रोकिएको छ । भ्यान बोएट्जेलरले भनेका छन्, ‘सबै सुरागहरू समाप्त भइसकेका छन्, त्यसैले अनुसन्धान स्थगित गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?