२६ माघ, एजेन्सी। माइक्रोब्लगिङ प्लेटफर्म ट्विटरले भारतमा सब्सक्रिप्सन सेवा गरेको छ । भारतमा ट्विटर ब्लु टिक सर्भिसका लागि प्रति महिना ६५० रुपैँया भारतीय रुपैयाँ बुझाउनु पर्ने नियम बनाएको छ ।
बेब युर्जसको टविटर ब्लुका प्रयोगका लागि मासिक ६५० भारतीय रुपैयाँ दिनु पर्ने नियम बनाएइको भए पनि मोबाइल प्रप्रयोगकर्ताले भने प्रति महिना ९५० भारतीय रुपैया दिनु पर्ने जनाइएको छ ।
एलन मस्कले पछिल्लो महिना ४४ मिलियन डलरमा ट्विटर खरिद गरेका थिए, उनले खरिद गर्ने बितिक्कै माइक्रो ब्लगिङ प्लेटफर्ममा धेरै परिवर्तन गरिरहेका छन् । एलन मस्कले पछिल्ला दिनमा ट्विटर ब्लु सर्भिसका लागि यो जानकारी दिएका थिए कि ब्लु टिक लिने प्रयोगकर्ताका लागि शुल्क मात्रै दिईने छैन, सो शुल्क लिने प्रयोगकर्तालाई अतिरिक्त सुबिधासमेत दिइनेछ ।
ट्विटरले पछिल्ला दिनमा अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्ड र जापानलगायत केही देशमा ट्विटर ब्लुको सेवा सुरु गरिसकेको छ । यी देशमा ट्विटरले ब्लु टिक सब्सक्रिप्सन शुल्क भनेर प्रति महिना ८ डलर लिदैँ आएको छ । जसअनुसार यी देशका नागरिकले प्रतिवर्ष ८४ अमेरिकन डलर ट्विटरलाई दिनुपर्ने हुन्छ । न्युजकारखाना