Trending:

नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा पुनःनिर्वाचित हुन्डाईको आयोनिक ५ ईभी अब सय किलोवाटमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही प्राविधिक शिक्षा अध्ययनका लागि बिनाब्याज पाँच लाख ऋण दिइने खर्बौंको एनसेल ‘तन्नम’ कागजी कम्पनीको कब्जामा: युकेमा दर्ता, सिंगापुरबाट सञ्चालन नेपालभर ‘पठाओ पोइन्ट्स’ र ‘पठाओ पार्सल’ डेलिभरी सेवा सुरू युटयुबको प्रतिबन्धपछि रसियाले गुगललाई गर्‍यो विश्वको जीडीपीभन्दा बढी रकम जरिवाना जागिर खोस्छ भन्ने एआईले उल्टै कर्मचारीको काम किन बढायो ? स्मार्ट च्वाइस् र एनसीएचएलबिच नेपालपे कार्डको लागि समझदारी यस्तो छ वर्ल्डलिंकको राजश्व छलीसम्बन्धीको मुद्दामा सर्वोच्चको फैसला (पूर्णपाठसहित) एनसेलको शंकास्पद कारोवार: हुण्डी र ‘क्रिप्टो’ गरेको आशंका, अनुसन्धान गर्न माग [प्रमाणसहित] मानिसजस्तै सोच्न सक्छ एआईले ? एलजीका उत्पादनहरुमा ४० प्रतिशत सम्मको क्यासब्याक र पक्का उपहार ! औद्योगिक क्षेत्रको आधुनिकीकरणमा एआई अपरिहार्य भइसक्यो : उद्योगमन्त्री आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी राष्ट्रिय नीति बनाएर अघि बढ्ने सरकारको तयारी नेपालमा पहिलो पटक सुरु भएको एआई सम्मेलनको प्रधानमन्त्रीले गरे उद्घाटन दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीविरुद्ध भ्रष्टाचारको उजुरी, अनुसन्धान गर्दै अख्तियार [प्रमाणसहित] विश्वका दुई धनी व्यक्ति मस्क र अम्बानीबीच ‘अन्तरिक्ष इन्टरनेट’ युद्ध ड्रोनबाट सामान ढुवानी
अपडेट

मधेश प्रदेशमा दूरसञ्चार सेवालाई प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाको जोड

मधेश प्रदेशमा दूरसञ्चार सेवालाई प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाको जोड
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

२८ माघ, मधेश। मधेस प्रदेशमा अझै पनि दूरसञ्चार सेवा प्रभावकारी हुन नसकेकामा यहाँका सरोकारवालाले सेवाप्रदायक निकायको ध्यानाकर्षण गराएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा शुक्रबार जनकपुरधाममा आयोजित ‘मधेस प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, दूरसञ्चार सेवाको गुणस्तर’ विषयमा सेवाप्रदायक र सरोकारवालासँगको अन्तरक्रियामा सहभागी सरोकारवालाले जनघनत्व र भौगोलिक सुगमताको हिसाबले मधेस प्रदेशमा सहजता भए पनि सोअनुसार सेवा विस्तार हुन नसकेको बताए । उनीहरूले मधेश प्रदेशका कतिपय ठाउँमा टेलिफोन नेटवर्कका लागि रुख चढ्नुपर्ने अवस्था कायमै रहेकाले त्यसको समाधानका गर्न नेपाल दूरसञ्चार प्राधिकरणले विशेष पहल गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंहले नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकम र एनसेललगायतका सेवाप्रदायक निकायलाई गरिब जनताको घर दैलोमा सुलभ सेवाप्रवाहका लागि नियमन गर्नुपर्नेमा जोड दिए । मन्त्री सिंहले अझै पनि धेरै गरिब जनताको पहुँचमा टेलिकमसहित अन्य सञ्चार प्रदायकको सेवा पुग्न नसकेकातर्फ ध्यानाकर्षण गराउँदै जनतालाई सर्वोपरी ठानेर सेवा प्रवाह गर्न आग्रह गरे ।

“मैले प्रतिनिधित्व गर्ने सिरहाका कतिपय ठाउँमा अहिले पनि टेलिफोनको नेटवर्क छैन, यस विषयमा सरोकारवालाको ध्यानाकर्षण गराइसकेका छौँ”, मन्त्री सिंहले भने, “नेपाल टेलिकम तथा एनसेल जस्ता सेवा प्रदायकको सेवालाई विस्तार र सहज गर्नका लागि मधेस प्रदेश सरकार समन्वय गर्न तयार छ । यसमा गम्भीरतापूर्वक काम गर्न जरुरी छ ।”

मधेस प्रदेशका प्रमुख सचिव कृष्णबहादुर राउतले बदलिँदो विश्वमा सूचना प्रविधि समृद्धिको प्रमुख आधारका रूपमा विकास भएकाले नेपाल दूरसञ्चार प्राधिकरणले पनि यस क्षेत्रमा प्रयोगमा रहेका नयाँ प्रविधिको प्रयोग र साइबर सुरक्षामा विशेष जोड दिनुपर्ने बताए । उनले मधेस प्रदेशमा अहिले पनि सूचनाको प्रभावकारी पहुँच नपुगेका ठाउँमा सेवा विस्तार र गुणस्तरीय सेवा प्रवाहलाई एकसाथ अगाडि बढाउनुपर्ने धारणा राखे ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले सूचना प्रविधि नागरिकको अत्यावश्यक आवश्यकताको रूपमा विकास हुँदै गएकाले यसमा एकछिन पनि ढिलासुस्ती र लापरबाही गर्न नहुने बताए । उनले सूचना प्रविधि नागरिकको सूचनाका लागि मात्रै नभई विकासका हरेक आयाममा अपरिहार्य भएकोले यसको संवेदनशीलतालाई हेरेर सेवाप्रदायक निकायले काम गर्नुपर्ने र नागरिकले पनि यसको सदुपयोग गरी अधिकतम लाभ लिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?