२९ माघ, एजेन्सी। टेक कम्पनी याहूले २० प्रतिशत कर्मचारी कटाैती गर्ने भएको छ। कम्पनीको पुनर्संरचनाका लागि भन्दै याहूले ८ हजार ६०० कर्मचारीमध्ये २० प्रतिशतलाई बर्खास्त गर्ने भएको हो।
यस वर्षको अन्त्यमा कम्पनीमा करीब आधा कर्मचारीले जागिर गुमाउने बिबिसीमा उल्लेख गरिएको छ।
त्यस्तै, तत्काल २० प्रतिशत कर्मचारी कटाैती गर्दा करीब १ हजार जनाले यसै हप्ता जागिर गुमाउने भएका छन्।
बढ्दो मुद्रास्फितिका कारण खर्च कम गर्न कर्मचारी कटाैती गर्ने याहू पछिल्लो टेक कम्पनी हो। यसभन्दा अघि अमेजन, मेटा र नेटफ्लिक्स जस्ता ठूला कम्पनीहरूले ठूलो संख्यामा कर्मचारी कटाैती गरेका थिए।
खर्च कटाैतीसँगै याहुले पछिल्लो पटक ल्याउने तयारी गरेको विज्ञापन नीतिका कारण पनि कर्मचारी कटाैती गर्न लागेको बताइएको छ।