२ फागुन, काठमाडाैँ। काठमाडाैँको नयाँ बसपार्क र माछापोखरीमा ८ करोड भन्दा बढीको मोबाइल चोरी भएको छ।
सोमबार यातायात मजदुरले गरेको प्रदर्शनीमा विभिन्न तीन ठाउँमा तोडफोड गरी ८ देखि १० करोडसम्मको मोबाइल चोरेको नेपाल मोबाइल व्यवसायी संघले दाबी गरेको छ। प्रदर्शनकारीहरूले सबैभन्दा धेरै लोत्से मलबाट मोबाइल चोरी गरेका छन्।
ट्राफिक जरिबाना बढाएको भन्दै यातायात मजदुरहरूले सोमबार नयाँ बसपार्क क्षेत्रमा दिनभर प्रदर्शन गरेका थिए। सोही साँझ उनीहरूले विभिन्न तीन ठाउँका मोबाइल पसलमा तोडफोड गरी लुटपाट गरेका थिए।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा एक जनाले नै ६-७ वटासम्म मोबाइल बोकेर भाग्दै गरेको देखिएको छ।