Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

नक्कली कागजात पेश गरी नेपालका डिजिटल वालेटबाट १ करोडभन्दा बढी ठगी

नक्कली कागजात पेश गरी नेपालका डिजिटल वालेटबाट १ करोडभन्दा बढी ठगी
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

२ फागुन, काठमाडाैँ। भुक्तानी सेवा प्रदायक संस्था खल्ती डिजिटल वालेटमा एक अजित थारू नामका व्यक्तिको खाता भेटियो । त्यो खाता खोल्दा जुन नम्बर प्रयोग गरिएको थियो त्यही नम्बर प्रयोग गरेर सुनिताकुमारी शाहका नाममा इसेवामा पनि खाता खुलेको भेटियो ।

खल्ती डिजिटल वालेटमा सनम श्रेष्ठका नाममा पेस भएको नागरिकता, त्यहाँ प्रयोग भएको फोटो र वास्तविक सनम श्रेष्ठ फरकफरक पाइएको प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

यो त प्रतिनिधि घटना भयो । कागजात एउटाको, फोटो अर्काको र नम्बर झन् अर्कैको प्रयोग गरेर डिजिटल भुक्तानी हुने क्रम बढिरहेकाले वास्तविक व्यक्तिमा रकम नगई अन्यत्रै रकमान्तर हुने क्रम बढिरहेको भन्दै प्रहरीले यसतर्फ सचेत हुन नागरिक तथा भुक्तानी प्रदायक संस्थाहरुलाई अनुरोध गरेको छ ।

प्रविधिको बढ्दो प्रयोगसँगै त्यसले विकृति पनि भित्र्याइरहेको यो दरिलो दृष्टान्त हो । प्रविधिको सही सदुपयोगले ठूलाठूला समस्या तथा कामहरु घरमै बसेर समाधान भएका कैयौँ उदाहरणहरु छन्, तर प्रविधिको दुरुपयोग हुँदा मानिसहरुको जीवन नै बर्बाद पनि बनाइरहेको छ । अझै प्रविधिकै उच्चतम उपयोग गर्दै भुक्तानी सेवा प्रदायक संस्थाहरुको विकासले धेरै सहज पारिदिएको पनि छ । छिनका छिन विदेशमा कमाएर पठाएको पैसा आफ्नो परिवारको हातमा आउने अवस्था बनेको छ । यसरी प्राप्त भएको सुविधालाई दुरुपयोग गरेर रकम ठग्ने गिरोह सक्रिय रहेकाले मानिहरु ठूलो धनराशि ठगिन विवश छन् भने गिरोहको लोभमा फसेर सयौँ मानिसहरु पीडित बनिरहेका छन् ।

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख प्रहरी तथा वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर कार्कीले डिडिटल अपराध बढ्दो रहेकाले यसको रोकथाममा ठूलो चुनौती खडा भएको बताए । उनले भुक्तानी सेवा प्रदायक संस्थामा नक्कली कागजात पेस गरेर र अरूकै नाम, नम्बरसमेत प्रयोग गरी खाता खोलेर रकमान्तर गर्ने बढ्दो क्रममा रहेको बताए । प्रहरी उपरीक्षक कार्कीले यसलाई रोक्न केही दिनअघि राष्ट्र बैंकका प्रतिनिधिहरुको रोहवरमा भुक्तानी सेवाप्रदायक संस्थासँग छलफलसमेत चलाएको जानकारी दिए । छलफलमा यस्ता समस्याहरु रोकथामका लागि सरकारकै पहल जरुरी रहेको ती संस्थाका प्रतिनिधिहरुले बताएका थिए ।

काठमाडौँ प्रहरीको अभिलेखमा यो आर्थिक वर्षको पुससम्ममा यसरी नक्कली कागजातहरु पेस गरी झन्डै १ करोड २२ लाख ६५ हजार पाँच सय ११ रकमान्तर भई मानिस ठगिएका पाइएको छ । प्रहरीमा यसरी आफू ठगीमा परेको भन्दै एक सय १२ जनाले एक सय ३४ जनाविरुद्ध उजुरी दिएका थिए । यसअघि आव २०७८÷७९ मा तीन सय ३८ जनाले एक सय ९७ जनाविरुद्ध रु चार करोड ४८ लाख ठगीमा परेको भनी उजुरी दिएका थिए ।

बैंकमार्फत ५९ जनाले रु ६५ लाख ४२ हजार रकमान्तर गरी ५६ जनाको रकम लगेको भनी उजुरी परेको थियो । अन्य डिजिटल वालेटहरु ई–सेवा खल्ती, आइएमई मनी ट्रान्सफर, क्यास–पे वालेट, जिएमई रेमिट, सिटी एक्सप्रेस प्रालिलगायत मार्फत यसरी रकमान्तर भएको थियो ।

आइएमई मनी ट्रान्सफरबाट मात्रै रु ३२ लाख ४१ हजार रकमान्तर भएको थियो । त्यसमा १२ जनाको पैसा १६ जनाले लगेका भनी उजुरी परेको थियो । उण्डाइस जना पीडितले इसेवाबाट रु १३ लाख रकमान्तर भएको भनी उजुरी दिएका थिए भने खल्तीबाट २० जनाले रु सात लाख ७७ हजार रकमान्तर गरेको भनी उजुरी परेको प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

यसरी रकमान्तर भएका सबैले अर्कैको नामका नागरिकता वा राहदानीमा नक्कली फोटो टाँस्ने, नम्बरहरु पनि कम्प्युटरबाट इडिट गरेर टाँस्ने र खाता खोली रकमान्तर गर्ने गरेको पाइएको पनि उनले बताए । “खोज्दै जाँदा जुन नम्बर प्रयोग गरेर पैसा रकमान्तर भएको छ, त्यो नम्बरको मान्छेले उक्त डिजिटल वालेटमा खाता नै नखोलेको पाएको छ, कतिपय घटनामा जसको नाम र नम्बर प्रयोग गरेर रकम भुक्तानी गरिएको छ, त्यो नामको मान्छेले उक्त नम्बर प्रयोग नै नगरेको भेटिएको छ”, प्रहरी उपरीक्षक रिजालले भने, “डिजिटल भुक्तानी सेवा प्रदायक संस्थाहरुमा यसरी नक्कली आइडी खोलेर रकम भुक्तानी हुने क्रम बढेकाले अपराध अनुसन्धान र कारबाहीमा समेत असर परिरहेको छ तर पनि पहिचान गरेर वास्तविक पीडकलाई कारबाही पनि भइरहेको छ ।”

प्रहरीका अनुसार सुरुमा जो पीडित भनेर देखिएका छन् उही पीडक बनेर निस्किएका घटना पनि रहेको पाइएको छ । यसरी फरकफरक नागरिकतामा फरकफरक व्यक्तिका फोटा र नम्बरहरु प्रयोग गरेर पैसा भुक्तानी गर्दा नागरिक ठगिने क्रम बढिरहेकाले सचेत हुन डिजिटल भुक्तानी सेवा प्रदायक संस्थासँग प्रहरीले अनुरोध गरेको छ । केवाइसी फारम भर्दा होस् या भुक्तानी दिँदा वास्तविक नाम र मान्छे हो होइन भनेर यकिन गरेपछि मात्रै भुक्तानी गर्नसमेत प्रहरीले ती संस्थाहरुसँग अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?