४ फागुन, काठमाडाैँ। राइड शेयरिङ एप पठाओको नाममा भाडामा यात्रु ओसार्ने १७ वटा मोटरसाइकल चालक कारबाहीमा परेका छन्। निजी प्रयोजनका लागि दर्ता भएर भाडामा यात्रु बोक्ने १७ मोटरसाइकल चालकलाई प्रहरीले कारबाही गरेको हो।
कानुनी प्रक्रिया पूरा नगरी सञ्चालित एपमार्फत यात्रु बोक्ने मोटरसाइकलमाथि कारबाही अन्तर्गत बुधबार मात्रै १७ वटा मोटरसाइकल चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
राइड शेयरिङ एप कानुनी रूपमा नै सञ्चालित भएता पनि कम्पनीलाई बुझाउनु पर्ने कमिसनबाट बच्न चालकहरू अफलाइन मोडमा यात्रुहरू बोक्ने गरिरहेका छन्। यसरी बोक्दा बिमा लागू नहुने र अपराध समेत हुने जोखिम बढिरहेको छ।