८ फागुन, एजेन्सी। फेसबुक र इन्टाग्रामका प्रयोगकर्ताहरूले ब्लु टिक भेरिफिकेसनका लागि शुल्क तिर्न सक्ने भएका छन्। प्यारेन्ट कम्पनी मेटाले शुल्क तिरेर ब्लु टिक भेरिफिकेसन लिन सकिने घोषणा गरेको छ। ।
ब्लु टिक भेरिफिकेसनका लागि वेभ प्रयोकर्ताहरूले ११.९९ अमेरिकी डलर र आइफोन प्रयोगकर्ताहरूले १४.९९ अमेरिकी डलर तिर्नुपर्ने मेटाले उल्लेख गरेको छ।
अहिले परीक्षणको अवस्थामा रहेको शुल्क सहितको ब्लु टिक भेरिफिकेसन यसै हप्ता न्युजिल्याण्ड र अष्ट्रेलियामा उपलब्ध हुनेछ।
मेटाका सिइओ मार्क जुकरबर्गले ब्लु टिक भेरिफिकेसन सामाजिक सञ्जाल प्रयोगकर्ताहरू थप सुरक्षित र आधिकारिक हुने उल्लेख गरेका छन्।
एलन मस्कले २०२२ मा ट्विटर खरिद गरेर ब्लु टिक भेरिफिकेशनका लागि शुल्क लिन सुरू गरेपछि मेटा पनि सोही बाटोमा लागेको हो। मेटाको शुल्क सहितको भेरिफिकेशन बिजनेशका लागि अहिले नै उपलब्ध नहुने बताइएको छ। अहिले व्यक्तिगत अकाउन्टहरूमा मात्रै यो सुविधा लिन पाइनेछ।
केही महिनाअघि ट्विटर प्रयोगकर्ताहरूले अरूको नाममा समेत अकाउन्ट भेरिफाइ गरेपछि मेटा यसबारे सचेत भएको छ। मेटाको ब्लु टिक भेरिफिकेशनका लागि सरकारी निकायले जारी गरेको आधिकारिक पत्र अनिवार्य हुनुपर्ने बताइएको छ।
सुरूवाति चरणमा न्युजिल्याण्ड र अष्ट्रेलियामा उपलब्ध हुने यो सुविधा अन्य मुलुकमा कहिले सार्वजनिक हुने भन्नेबारे मेटाले केही बताएको छैन।
फेसबुकको नाफा घट्दै गएपछि हजाराैँ कर्मचारी बर्खास्त गरिसकेको छ। शुल्क सहितको ब्लु टिक भेरिफिकेसनले मेटाको आम्दानीमा पनि सकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ।