८ फागुन, काठमाडाैँ। विन्दवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। थाइल्याण्डबाट फर्किइरहेका रेग्मी सोमबार बिहान पक्राउ परेको बताइएको छ।
उनीबिरूद्ध साइबर व्युरोमा उजुरी परेका कारण अनुसन्धानका लागि पक्राउ गरिएको ब्युरोले जानकारी दिएको छ। उनीविरूद्ध गायक प्रमोद खरेलसहित अन्य कलाकारहरूले उजुरी दिएको बताइएको छ।
उनले सामाजिक सञ्जालमा विभिन्न कलाकारविरूद्ध अश्लिल गाली गर्ने,अपशब्द प्रयोग गर्ने र कलाकारहरूको चरित्रहत्या गरेको आरोप छ।