८ फागुन, काठमाडाैँ। काठमाडाैँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सर्भरमा समस्या देखिएको छ। टीआईएको अध्यागमन विभागको प्रशासनिक सर्भर डाउन भएको बताइएको छ।
सोमबार दिउँसो करीब १ बजेबाट नै सर्भर डाउन भएको हो। सर्भर डाउन भएपछि विमानथलबाट हुने अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्।
यसअघि माघ १५ गते देशभरका अधिकांश सरकारी वेभसाइटहरू डाउन भएका थिए। उक्त दिन पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अन्तर्राष्ट्रिय उडानहरू केही घण्टा रोकिएका थिए।