Trending:

AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार
अपडेट

मोबाइल एपबाटै माैसमबारे जानकारी लिन सकिने, चासो बढाउँदै किसान

मोबाइल एपबाटै माैसमबारे जानकारी लिन सकिने, चासो बढाउँदै किसान
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

११ फागुन, काठमाडाैँ। आफू अत्याधुनिक सूचना प्रणाली जडित मोबाइल राख्न र चलाउन नजाने पनि यहाँका किसान अब स्थानीय मौसमबारे चासो बढाउन थालेका छन्।

आफ्नो ठाउँमा मौसम स्टेसन सञ्चालनमा आएपछि सर्वसाधारण किसान अब कस्तो मौसम हुने हो भन्ने कुरामा अत्याधुनिक मोबाइल चलाउनेहरुसँग चासो बढाउन लागेका हुन्। यहाँका चार स्थानीय तहमा मौसम स्टेसन स्थापना भएर सञ्चालनमा आएपछि सर्वसाधारण किसानमा यस्तो चासो बढेको हो। जिल्लाका भङ्गाहा, बर्दिबास, गौशाला र औरही नगरपालिकामा मौसम स्टेसन सञ्चालनमा छन्।

‘हैन, फागुन मध्य पनि हुन लाग्यो, पूरै हिउँद पानी नपरी बित्यो, अहिले फेरि बिहान आकास धुम्मिएको देखिँदैछ, अब के होला?’, मोबाइलमा स्थानीय मौसम सूचना प्रणाली समाविष्ट गराएका छिमेकी भतिज नन्दकिशोर चौधरीसँग भङ्गाहा–३ भङ्गाहा तल्लो थारूटोल बस्तीका ६५ वर्षीय लक्ष्मीकान्त चौधरीले चासो राख्दै सोधे। मुसुरो, चना र अरहर (रहरी)सहितका दलहन र गहुँ बाली हिउँदे पानी नपरेर फस्टाउन नसकेको चिन्ता गर्दै चौधरीले अब कस्तो मौसम रहला भन्ने चासो जनाए।

पूरै हिउँद पानी नपरी बित्दा त्यसले बालीनालीमा पारेको प्रतिकूल प्रभावले दिक्क भएका यस भेगका किसान फागुन मध्यपछि हावाहुरी क्रमशः बढ्दै जाने विगत अनुभव सम्झँदै यसपालि कस्तो हुने हो भन्ने चिन्तामा छन्। ‘अहिले एक–दुई दिनदेखि फेरि आकास धुम्मिएको छ त, के स्टेसनले पानी पर्ने देखाएको छ?’, भङ्गाहा–४ रामनगरका अर्का ७८ वर्षीय किसान दीपबहादुर फुयाँलले मौसम स्टेसनले दिने जानकारीबारे चासो राख्दै छिमेकी युवा रामईश्वर ठाकुरलाई सोधे।

मौसम स्टेसनबाट केही दिनपछिको स्थानीय मौसमबारे पूर्वानुमान गर्न सकिने कुरा सुनेका यस भेगका किसान अब जानकारी लिएर खेतीपातीबारे तयारी गर्नु राम्रो हुने बताउँछन्। केही दिनपछिसम्मको मौसमीय अवस्थाबारे पूर्वानुमान गर्न सकिएपछि बालीनाली लगाउन र त्यसको सुरक्षामा ध्यान दिन सहयोग पुग्ने यहाँका किसानको भनाइ छ।

युरोपियन युनियन र अष्ट्रियन विकास नियोगको आर्थिक सहयोग तथा आड्रा नेपाल, रुपान्तरण र सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासको साझेदारीमा सञ्चालित लिरिक परियोजनाअन्तर्गत जिल्लाका चार नगरपालिकामा अहिले मौसम स्टेसन स्थापित भएर सञ्चालनमा आएका हुन्। चारवटै स्टेसनको स्थानीय व्यवस्थापन अहिले साझेदार संस्था सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासले गरेको छ।

‘जडान गरिएका मौसम स्टेसनले निश्चित भूगोलभित्रको केही दिन पछिसम्मको मौसमबारे पूर्वजानकारी दिने हुँदा यसले खेतीपातीमा मौसमी अवस्थाअनुसार लाग्न सहयोग गर्छ’, स्टेसनहरुको मुख्य व्यवस्थापक सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादवले भने, ‘आम रुपमा किसान अब मौसमको पूर्वानुमानले खेतीपातीबारे सोअनुसार तयारी गर्नसक्ने छन्।’

सामान्यतया वर्षा, शीतलहर, गर्मी, असिनापानी र हावाहुरीबारेको पूर्वजानकारीले किसान सोअनुसार पूर्वतयारीमा लाग्नसक्ने यादवको भनाइ छ। मौसम स्टेसन भूगोलअनुसार निश्चित क्षेत्रफलको जानकारी दिने भन्ने योजनाअनुसार नै स्थापना गरिएको छ। वैज्ञानिक सूचना प्रणालीअनुसार स्थापित यी स्टेसन राखिएका क्षेत्रको मौसम पूर्वानुमान ‘एन्ड्रोइड’ मोबाइलमा ‘युजर नेम’ र ‘पासवर्ड’ का माध्यमबाट सजिलै खोलेर विश्वका कुनै पनि ठाउँबाट हेर्न सकिन्छ।

अब ग्रामीण क्षेत्रका बस्तीमा समेत अत्याधुनिक मोबाइल हुने र चलाउने बाक्लै भेटिने हुँदा सर्वसाधारणले एकअर्काबीचको संवादले सहजै थाहा पाउनेछन्। स्टेसन सञ्चालनमा आएका नगर क्षेत्रका कैयौँ युवाले आफ्नो मोबाइलमा मौसम सूचना प्रणाली समाविष्ट गराइसकेका मौसम स्टेसनका प्राविधिक पप्पु यादव बताउँछन्।

‘मौसमबारे चासो बढाउने किसान निकै बढेका छन्, आफू मोबाइल चलाउन नजाने पनि किसानले हामीसँग र योबारे जान्ने आफ्नै टोलछिमेकीसँग सोध्ने गरेका देख्दैछौँ’, यादव भन्छन्, ‘सर्वसाधारण किसानमा बढेको यो चासोले खेतीपातीमा सहजता थप्नेछ।’ यी चारवटै नगर क्षेत्रमा स्थापना गरिएका मौसम स्टेसनले नगरभरिको मौसमसम्बन्धी पूर्वानुमानको जानकारी दिन्छन्।

मौसमको पूर्णजानकारी लिन ‘अन्डरग्राउन्ड वेदर’ भन्ने ‘एप’ डाउनलोड गर्नुपर्ने हुछ। उक्त एपमा प्राविधिकले सुरक्षित गरेको आइपी ठेगाना हालेपछि मौसमको वस्तुस्थिति थाहा पाउन सकिने प्रणाली व्यवस्थित गरिएको छ। एन्ड्रोइड मोबाइल राम्ररी चलाउन जान्नेले यो जानकारी तत्कालै थाहा पाउन सक्ने यादव बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?