११ फागुन, काठमाडाैँ। नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउने व्यक्ति प्रकाउ परेका छन्। लाइसेन्समा एडिट गरि अन्य वर्गको पनि अनुमति थपेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रोल्पा घर भई हाल ललितपुरको गोलभट्टा बस्ने २८ वर्षीय प्रकाश घर्ति मगर रहेका छन्। उनले ‘बि’ क्याटागोरीको लाइसेन्सलाई एडिट गरि ए, एफ र जी वर्ग थप गरेको प्रहरीले जानकारी दिएको छ।
लाइसेन्समा ‘ए’ले बाइक, स्कुटर मोपेड, ‘बी’ले कार, जीप र भ्यान, ‘एफ’ले मिनिबस र मिनिट्रक तथा ‘जी’ ट्रक, बस र लरी चलाउन पाउने भन्ने संकेत गर्छ। मगरले कारको लाइसेन्स लिएर अरू आँफै थपेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका मगरलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, जावलाखेल पठाइएको काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।