Trending:

तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल ८ तरिका जसले घटाउन सकिन्छ स्क्रिन टाइम के एयरफोनले कान बिगार्छ?
अपडेट

घोराहीमा फोहोरबाट ग्यास उत्पादन सुरु

घोराहीमा फोहोरबाट ग्यास उत्पादन सुरु
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

१३ फागुन, देउखुरी । घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा फोहोरबाट ग्यास उत्पादन गर्न सुरु गरेर वितरणको काम सुरु गरिएको छ । तत्काल सात सय घरमा ग्यास पुर्याउने तयारी रहेको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए । उपमहानगरपालिकाको १६ नं वडामा वितरण सुरु गरेको उनले बताए । “उपमहानगरपालिका र नेपाल ऊर्जा विकास कम्पनी प्रालीबीच २० वर्षको सम्झौता भएको छ, त्यसपछि सबै नगरपालिकालाई हस्तान्तरण हुनेछ”, प्रमुख चौधरीले भने, “यसलाई प्रभावकारीरुपमा सञ्चालन गर्ने र नगरपालिकाको आम्दानीको स्रोतमा वृद्धि गर्ने लक्ष्य छ ।” ग्याससँगै कम्पोष्ट मल उत्पादन गर्ने र फोहोर व्यवस्थापनमा सहजता हुने अपेक्षा गरिएको उनले बताए ।

फोहरबाट ग्यास तथा कम्पोष्ट मल उत्पादन भएपछि उपमहानगरपालिकालाई फोहर व्यवस्थापनमा समेत सहजता आउने अपेक्षा रहेको उनले बताए । ग्यास उत्पादन गर्न थालेपछि गलेर जाने वस्तुको सदुपयोगसमेत भएको छ । नगरपालिकाले अहिले गल्ने र नगल्ने वस्तु छुट्टाछुट्टै उठाउने गरेको छ । नगल्ने फोहरसमेत उपमहानगरपालिकाले किन्न थालेको छ । जिल्लामा नै फोहरबाट ग्यास उत्पादन भएपछि ग्यासको मूल्य पनि कम हुने नागरिकले अपेक्षा लिएका छन् । फोहरबाट ग्यास उत्पादन गर्न थालिएको जिल्लामा यो पहिलो भएको नगर प्रमुख चौधरीले बताए । उपमहानगरपालिका र कम्पनीबीचको सहकार्यमा फोहरबाट ग्यास उत्पादन गर्न थालिएको उनले बताए ।

उपमहानगरपालिकालाई प्लाष्टिकमुक्त बनाउने अभियानअन्तर्गत यो कार्यक्रम अघि सारिएको हो । उपमहानगरपालिकाले प्लाष्टिकको बोतलसहित नरम पोलिथिन एक किलोलाई रु १०, कपडा प्रतिकिलो रु पाँच, सुर्तीजन्य प्लाष्टिकको फोहर प्रतिकिलो रु दुई, गत्ता, कापीसहित वर्गीकरणअनुसारका फोहरलाई रु १० देखि २० सम्म प्रतिकिलोमा खरिद गर्ने दर कायम गरिएको छ ।

यसरी खरिद गरिएको गल्ने फोहरलाई बायो ग्यासमा प्रयोग गरिने र नगल्ने फोहरलाई उद्योगसँग समन्वय गरेर बिक्री गरिने नगर प्रमुख चौधरीले जानकारी दिए । वडा नं १६ तरौटेमा करिब ३० बिघा जमिन छ । सो जमिनमा फोहरबाट ग्यास उत्पादन गर्न थालिएको हो । बजार क्षेत्रबाट उत्पादन हुने फोहर सङ्कलन भइरहेको र त्यो पर्याप्त नभएको नगर उपप्रमुख हुमा डिसीले बताए ।

“फोहर सङ्कलनको कामलाई निरन्तरता दिइरहेका छौँ”, उनले भने, “घरको फोहर व्यवस्थापन पनि हुने फोहर बिक्री गरेर पैसा आम्दानी हुने भएकाले नागरिकको उत्साहजनक सहभागिता छ ।” जिल्लामा निर्माण गर्न थालिएको यस प्रकारको काम अवलोकन गर्नका लागि जिल्लाभित्र तथा बाहिरी जिल्लाबाट नागरिक आउने गरेका छन् । यसले नगर सरसफाइमा सहयोग पुग्ने अपेक्षा नगरपालिकाको छ ।

उपमहानगरपालिकाले घरघरबाट फोहर खरिद गर्न थालेको छ । बोतल र गुट्खाका खोलमा पैसा आउन थालेपछि स्थानीय दङ्ग परेका छन् । करिब एक वर्षअघिदेखि फोहरबाट ग्यास उत्पादन सुरु गरिएको नेपाल ऊर्जा विकास कम्पनी प्रालीका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले बताए । “दैनिक तीन सय घनमिटर ग्यास उत्पादन हुने गरेको छ”, उनले भने, “अहिले फोहर कम राखिएको छ, त्यसले गदा ग्यास उत्पादन कम भएको हो ।” केही समयपछि फोहर धेरै राखेर ग्यास उत्पादनलाई वृद्धि गरिने योजना रहेको उनले बताए । उनका अनुसार नगरपालिकाबाट उठ्ने फोहर मात्र प्रयोग गरिएको छ ।

उत्पादन भएको ग्यास पाइपलाइनमार्फत घरघरसम्म पुर्याउने उपमहानगरपालिकाको योजना छ । त्यसका लागि आवश्यकपर्ने पाइप विस्तारको काम भइरहेको श्रेष्ठले बताए । “हामीलाई आवश्यक पर्ने एनडिपी पाइप हो, यो आइसकेको छ, विस्तार गर्ने काम भइरहेको छ”, उनले भने । पाइपमार्फत ग्यास प्रयोग गरेबापत मिटरअनुसार रकम तिर्नुपर्ने छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल ऊर्जा विकास कम्पनी प्रालीले काम थालनी गरेको हो । घोराहीको १० तथा १६ नम्बर वडामा पुर्याउने र पछि घोराहीका अन्य वडामा विस्तार गरिने भएको छ । उत्पादन गरिएको ग्यास वरिपरिका स्थानीयलाई परीक्षण गरिनेछ । सफल भएमा उपमहानगरभित्रका सहरमा विस्तार गरिनेछ ।

त्रिपक्षीय सम्झौता २०७५ मङ्सिर ५ गते भएको थियो । ग्यास उत्पादन गर्न पहिले करिब रु २० करोड लगानी लाग्ने भनिएको थियो तर पाइपमार्फत घरघरसम्म ग्यास पुर्याउनुपर्ने भएपछि करिब रु २२ करोड लाग्ने प्लान्ट म्यानेजर श्रेष्ठले बताए । यो रकम घरघरसम्म ग्यास पाइपमार्फत पर्याउँदा खर्च कम हुनेछ । फोहोरबाट ग्यास उत्पादनका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ४० प्रतिशत रकम दिनेछ भने ६० प्रतिशत कम्पनी आफैँले व्यहोर्ने सहमति भएको श्रेष्ठको भनाइ छ । संरचना निर्माणका लागि उपमहानगरपालिकाले करिब तीन बिघा जग्गा उपलब्ध गराएको छ । उक्त ग्यास प्लान्ट दुई हजार घनमिटरमा छ । फोहरबाट ग्याससँगै कम्पोष्ट मलसमेत उत्पादन गरिने उनले बताए ।

कम्पनी र नगरपालिकाबीच २० वर्षको सम्झौता गरिएको छ । सम्झौताअनुसार २० वर्षपछि संरचनासहित सबै पूर्वाधार उपमहानगरपालिकालाई हस्तान्तरण गरिने भएको छ । बीस वर्षसम्मका लागि कम्पनीले नगरपालिकालाई पाँच प्रतिशत रकम दिने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?