१६ फागुन, एजेन्सी। टेक कम्पनी नोकियाले आफ्नो लोगो परिवर्तन गरेको छ। फिनल्याण्डमा रहेको बहुदेशीय कम्पनीले ६० वर्षको इतिहासमा पहिलो पटक लोगो परिवर्तन गरेको छ।
जिसएम एरिनाका अनुसार नोकियामा पेका लन्डमार्कले प्रवेश गरेपछि परिवर्तनको सुरूवात गरिएको हो। नवनियुक्त सिइओ लन्डमार्कले ‘रिसेट, एक्सिलेरेट र स्केल’ गरी तीन तहको योजना ल्याएर परिवर्तन सुरू गरेका हुन्।
नोकियाको लोगो पछाडी प्रयोग हुँदै आएको नीलो ब्याकग्राउण्ड अब नदेखिने भएको छ। अब रातो मिश्रित रंगमा नोकिया लेखेको देखिनेछ । जसमा फन्ट समेत परिवर्तन गरिएको छ।
जिएसएम एरिनले रिपोर्ट गरे अनुसार नवनियुक्त सिइओ लन्डमार्कले नोकिया अब स्मार्टफोन उत्पादक कम्पनीमात्रै नभए बिजनेस टेक्नोलोजी कम्पनी भएको प्रतिक्रिया दिएका छन्।
अब नोकियाले अन्य टेलिकम साधनहरू समेत उत्पादन गर्ने रिपोर्ट गरिएको छ।