Trending:

वर्ल्डलिंक कम्युनिकेसन्समा फिनफण्डले एक अर्ब ४१ करोड लगानी गर्ने नामीको प्रारम्भिक मूल्य न्यूनतम २५ हजारदेखि मूल्य वृद्धि अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन सार्वजनिक सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री गुरुङ इन-ड्राइभ चालकहरूको लागि आइएमई पेको नयाँ योजना शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले सञ्चालन गर्‍यो डीसी फास्ट चार्जिङ स्टेसन आइसिटी अवार्ड २०२४ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक बागडोलमा सीजी मोटर्सकाे अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा कम्प्युटर भाइरसका कारण राहदानी आवेदन प्रणाली प्रभावित टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै एलन मस्क : विश्वको मात्रै हैन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा
अपडेट

‘ऊर्जा क्षेत्रमा लगानीका नयाँ स्रोत खोज्न आवश्यक’

‘ऊर्जा क्षेत्रमा लगानीका नयाँ स्रोत खोज्न आवश्यक’
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

१७ फागुन, काठमाडाैं । नेपालको ऊर्जा क्षेत्र विकासका लागि लगानीका नयाँ स्रोत खोजिनुपर्ने आवश्यकता सरोकारवालाले औँल्याएको छन् । अमेरिकी सहयोग नियोग (युएसएड) ऊर्जा नेपाल कार्यक्रमले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘नेपालको ऊर्जा क्षेत्रका लागि वित्तपोषण’ विषयक कार्यशालाका वक्ताहरूले नेपालको ऊर्जा क्षेत्रमा अहिले भइरहेका लगानीका स्रोत मात्र पर्याप्त नरहेकाले नयाँ स्रोतका लागि पहल गर्नुपर्ने धारणा राखे ।

नेपालको दीर्घकालीन ऊर्जा सुरक्षाका लागि ठूलो लगानी आवश्यक रहेकाले लगानीका स्रोतहरूमा विविधिकरण खोजिनुपर्ने यस क्षेत्रका जानकारको धारणा छ । कार्यशालामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको जलविद्युत् क्षेत्रमा उत्पादन, प्रसारण र वितरण तीनवटै क्षेत्रमा लगानी आवश्यक रहेको बताए । त्यसका लागि विद्युत् प्राधिकरणले पूँजी लगानी योजना (क्यापिटल इन्भेस्टमेन्ट प्लान) बनाउन लागेको उनको भनाइ छ ।

‘दीर्घकालीन योजनासहितको क्यापिटल इन्टेस्टमेन्ट प्लान तयार भइरहेको छ । यसले उत्पादन, प्रसारण, वितरणलगायतका क्षेत्रमा हामीलाई चाहिने लगानीको आवश्यकता कति हो भन्ने अध्ययन गरेको छ ।’, घिसिङले भने । उत्पादनतर्फ माथिल्लो अरुण, दूधकोसी, अरुण–४, तामाकोसी–५, चैनपुर सेती, मोदीखोलालगायत जलविद्युत् आयोजना निर्माणका लागि तयारी अवस्थामा रहेको बताउनुहुँदै कार्यकारी निर्देशक घिसिङले ती आयोजनामा लगानी जुटाउनु चुनौती रहेको बताए । त्यस्तै प्रसारण आयोजना र वितरण प्रणाली सुदृढीकरणका लागि पनि लगानी चाहिने उनको भनाइ छ ।

विद्युत् प्रसारणतर्फ पूर्व–पश्चिम जोड्नेगरी चार सय किलोभोल्ट (केभी) क्षमताका दुईवटा आयोजना, भारतसँग जोड्ने तीनवटा अन्तरदेशीय प्रशारणलाइन र चीनसँग जोड्ने एउटा अन्तरदेशीय प्रशारणलाइन निर्माणका लागि प्राधिकरणले पहल थालिसकेको उहाँले जानकारी दिनुभयो । प्राधिकरणले अघि सारेका स्मार्ट मिटरिङ आयोजना र ग्रीन हाइड्रोजन कार्यक्रमका लागि पनि वित्तीय स्रोत आवश्यक रहेको घिसिङले बताउनुभयो । नेपाल सन् २०२६ सम्ममा सुख्यायाममा पनि बिजुलीमा आत्मनिर्भर हुने उनको भनाइ छ ।

‘हामी सन् २०२६–२०२७ सम्म बिजुलीमा आत्मनिर्भर हुन्छौँ । त्यो बेला नेपालले वर्षायाममा करिब रू एक खर्ब बराबरको १४ करोड युनिट बिजुली बिक्री गर्ने हाम्रो अनुमान छ ।’ घिसिङले भने । काठमाडौँ उपत्यकालगायत मुख्य सहरी क्षेत्रको वितरण प्रणाली सुदृढीकरणका लागि पनि लगानी आश्यक रहेको उनले बताए । सन् २०५० सम्ममा काठमाडौँ उपत्यकामा मात्र तीन हजार दुई सय मेगावाट बराबर बिजुली खपत हुने अनुमान गरिएकाले त्यसका लागि संरचना तयार पार्न आवश्यक रहेको उनको भनाइ छ । ‘अहिले काठमाडौँ उपत्यकाको वितरण प्रणालीले करिब पाँच सय मेगावाट बिजुली मात्रै आपूर्ति गर्न सक्छ । तर सन् २०५० सम्ममा उपत्यकाको विद्युत् माग तीन हजार दुई सय मेगावाटसम्म पुग्ने अनुमान प्राधिकरणलको छ । त्यसका लागि संरचना तयार पार्ने काम प्राधिकरणले सुरु गरिसेको छ ।’उनले भने ।

काठमाडौं उपत्यकाको वरिपरि दुई सय २० केभी क्षमताको प्रशासरण लाइन निर्माण गर्ने, उपत्यकाभित्रको सबै एक सय ३२ केभी प्रशारण लाइनलाई भूमिगत गर्ने र उपत्यकाभित्र थप २० वटा सवस्टेशन निर्माण गर्नेगरी प्राधिकरणले काम गरिरहेको उनले बताए । त्यस्तै, देशभरका मुख्य सहरी क्षेत्रमा विद्युत् व्यवस्थापनको दीर्घकालीन कार्ययोजना तयार पारिएको पनि घिसिङको भनाइ छ । सोही कार्यक्रममा युएसएडका ऊर्जा विशेषज्ञ शङकर खागीले नेपाल ऊर्जा क्षेत्रमा आत्मनिर्भर हुनका लागि थप लगानी आवश्यक रहेकाले त्यसका लागि लगानीको स्रोत खोजिनुपर्ने बताए । ‘हामीले हरेक वर्ष ऊर्जा उत्पादन बढाइरहेका छौँ । वर्षात्को समय विद्युत् बेच्न सक्ने अवस्था अहिले रहे पनि सुख्खा मौसममा आयात नै गर्नुपरेको छ । यस्तो अवस्थामा ऊर्जा सुरक्षाका लागि चाहिने आवश्यक लगानीको स्रोत जोहो कहाँबाट गर्न सकिन्छ भन्ने विषय महत्वपूर्ण छ ।’ उनले भने ।

युएसएड ऊर्जा नेपाल कार्यक्रमका ऊर्जा तथा वित्तीय क्षेत्र विशेषज्ञ सतिश जोशीले नेपालको ऊर्जा क्षेत्रमा ठूलो लगानी आवश्यकता रहेपनि त्यसका लागि स्रोत जुटाउन निकै चुनौतीपूर्ण रहेको बताउनुभयो । लगानी जुटाउन प्रयोग भइरहेका विद्यमान स्रोतबाहेक अरु स्रोत खोज्नतर्फ लाग्नुपर्ने उनको भनाइ छ । ‘ऊर्जा क्षेत्रमा आवश्यकताअनुसार लगानी जुटाउन नसकेको (इन्भेस्टमेन्ट ग्याप) अवस्था छ । कुन क्षेत्रमा कति लगानी आवश्यक छ र त्यसका लागि कहाँबाट लगानी जुटाउने भन्ने अहिलेको मुख्य विषय हो ।’, जोशीले भने ।

प्राधिकरणले अहिले मुख्यगरी तीनवटा क्षेत्रबाट लगानीको स्रोत जुटाइरहेकोमा त्यस बाहेक अरु क्षेत्रबाट पनि लगानी उठाउन सकिने उनको भनाइ छ । ‘विद्युत् प्राधिकरणले अहिले मुख्यगरी आफ्नो नाफाबाट, सरकारले गर्ने लगानी र ऋण लिएर लगानी गरिरहेको छ । यसबाहेक अरु क्षेत्रबाट पनि लगानी जुटाउन सकिन्छ । विद्युत् प्राधिकरणको सार्वजनिक निष्कासनमार्फत् शेयर जारी गर्ने, बैंक तथा वित्तीय संस्थाबाट इनर्जी बण्ड तथा ग्रीन जारी गर्न गर्ने र निजी क्षेत्रबाट पनि लगानी बढाउन सकिन्छ । ग्रीन ट्याक्सोनोमीको अवधारणाभित्र रहेर पनि लगानी जुटाउन सकिन्छ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?