Trending:

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल ८ तरिका जसले घटाउन सकिन्छ स्क्रिन टाइम
अपडेट

पृथ्वीबहादुर ठगी प्रकरण : अमेरिकी फोन नम्बर देखाउने ‘नेटवर्क कन्ट्रोल’ पश्चिम बङ्गालबाट गरिन्थ्यो

पृथ्वीबहादुर ठगी प्रकरण : अमेरिकी फोन नम्बर देखाउने ‘नेटवर्क कन्ट्रोल’ पश्चिम बङ्गालबाट गरिन्थ्यो
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

१८ फागुन, काठमाडौँ। अमेरिकी नागरिकको उजुरीका आधारमा ठगी काण्डमा मुछिएका पृथ्वीबहादुर शाह र उनको समूहले फोनको सङ्केत अमेरिकाको देखाउने नेटवर्क कन्ट्रोल भने भारतको पश्चिम बङ्गालबाट नियन्त्रण गर्ने गरेको तथ्य फेला पारेको छ ।

प्रविधिलाई उच्चतम दुरुपयोग गरी मेल, सामाजिक सञ्जाल वा बैङ्क खातामै पहुँच पुर्याएर ठगी गर्ने गरेको उक्त गिरोहले कम्प्युटर डिभाइसबाटै विभिन्न सन्देश र चेतावनी दिने र समस्या परेमा फलानो ठाउँमा सम्पर्क गर्न भनी आफ्नै समूहको ठेगाना दिने गरेको पनि पाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

उनका अनुसार कृषि ट्राभल, म्यानपावरलगायत २४ कम्पनी खडा नक्कली कागजात प्रयोग गरी विदेशी नागरिकबाट झण्डै ६४ करोड बढी ठगी गरेको पनि फेला परेको छ । यस कार्यमा उनले आफ्नो भाई विजयविक्रश शाहलाई समेत संलग्न गराएका थिए । अहिले उनीहरूसहित सात जनालाई पक्राउ गरी सिआइवीले अनुसन्धान गरिरहेको छ । ठगिनेमा धेरै अमेरिकी नागरिक रहेका छन् । केही बेलायती र केही क्यानडेली रहेको पनि प्रहरीले जनाएको छ ।

सिआइवीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले अमेरिकाका क्यान्सर, अल्जाइमरजस्ता रोगबाट पीडित वृद्धवृद्धा लक्षित गरेको पनि खुलेको बताए । उनीहरुको बैङ्क खातामा पहुँच पुर्याएर ठगी गरेको उनले बताए । हालसम्म प्राप्त तथ्यका आधारमा यसरी ५६ जना ठगीमा परेका छन् । त्यसमध्ये २४ जनाले ठगी भएको भनी जाहेरी दिएका छन् ।

ठगीका २० आरोपीमध्ये हालसम्म सात जना पक्राउ परेका छन् भने १३ जना फरार छन् । ठगीमा परेको भनी जाहेरी दिने सबै अमेरिकी नागरिक रहेका जनाइएको छ । यसरी ठगिएको रकम नेपालमा सामान्य कमजोर आर्थिक अवस्था भएका र व्यक्तिलाई लोभमा पारेर उनीहरुको बैङ्क खातामा राख्ने गरेको र अनुकूल समय मिलाएर रकमान्तर गर्ने गरेको पनि थापाले बताए ।

प्रहरीले लामो अनुसन्धानपछि उनीहरुविरुद्ध ठगी, लिखतसम्बन्धी कसूर, सहकारी ठगी र सङ्गठित अपराध गरेको भनी चार वटा कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको छ । उनले उनीहरुविरुद्ध सुरुमा १४ उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको र मङ्गलबार थप १० जनाले पनि ठगिएको भन्दै जाहेरी दिएका बताए । शाहको नेटवर्क भारत, अमेरिका, थाइल्यान्ड र दुबईमासमेत रहेको प्रहरी अनुसन्धानमा भेटेको छ ।

उनीहरुले एन्टी भाइरस अपडेट, अमेजनको बिल भुक्तानी, गिक स्क्वाड, कविक बुक्ससमेतका नाममा इमेलमार्फत सम्पर्क स्थापित गरेर अमेरिकी नागरिकको बैङ्क एकाउन्टमा पहुँच पुर्याउने गरेका थिए ।

त्यसपछि अमेरिकी नागरिकको बैङ्क एकाउन्टमा पहुँच पुर्याएर उनीहरु आफैँले फेक स्टेटमेन्ट तयार पारी नक्कली रकम जम्मा भएको देखाइ सोही रकम फिर्ता गर्न लगाई ठगी गर्नै गरेको पनि थापाले बताए ।

पीडितलाई सम्पत्ति शुद्धीकरण निवारण युनिटले कारबाही गर्छ र कानुनी उल्झनमा परिन्छ भनी त्रास देखाएर कानुनी प्रक्रियामा नजान धम्की पनि दिने गरेका थिए । हालसम्म सोही प्रक्रियाबाट विदेशी नागरिकलाई ठगी गरी कम्पनी तथा व्यक्तिगत खातामा ४५ लाख ४६ हजार छ सय ३९ अमेरिकी डलर, २२ हजार पाउन्ड स्टरलिङ तथा तीन लाख ४० हजार क्यानेडियन डलर बराबरको रकम ठगी गरेको खुलेको छ । हालको नेपाली रुपैयाँमा यो रकम करिब ६३ करोड ९३ लाख हुन आउँछ । हाल उनको रु एक करोड २८ लाख ९३ हजार रोक्का रहेको छ ।

उनले यसरी ठगी गरेको रकममध्ये २२ करोडको जग्गा नै खरिद गरिसकेका र घर निर्माण, शेयर, सुन खरिद, कम्पनी र बीमालगायतमा लगानी गरेको भेटिएको छ ।

यस्तो छ कानुनी व्यवस्था

उनीहरुविरुद्ध ठगी, लिखतसम्बन्धी कसुर, सहकारी ठगी र सङ्गठित अपराध गरी चार वटा मुद्दा दायर गर्नुपर्ने भनी प्रहरीले आज अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ (ठगी सम्बन्धमा) को उपदफा ३ (ग) को कसुरमा सोही संहिताको दफा २४९ को उपदफा ३ (ग) बमोजिम सात वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुने र दफा २५४ बमोजिम बिगो खुलेकामा बिगो असुल गरी पीडितलाई दिलाइ भराइ दिनुपर्ने कानुनी व्यवस्था रहेको छ । ठगी सम्बन्धमा नै असहाय, निरक्षर र ७५ वर्षभन्दा माथिको व्यक्तिलाई ठगी गरेमा हुने सजायमा एक वर्ष थप सजाय हुने व्यवस्था छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ (लिखतसम्बन्धी कसुर) को उपदफा ३ (ग) बमोजिमको कसुरमा सोही संहिताको दफा २७६ को उपदफा ३ (ग) बमोजिम सात वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुने र दफा २८२ बमोजिम कसुरदारबाट मनासिव क्षतिपूर्ति भराई दिनुपर्ने र दफा २७६ को उपदफा ५ बमोजिम कीर्ते गरी प्राप्त गरेको सम्पत्ति सम्बन्धित धनीलाई फिर्ता गर्नुपर्ने व्यवस्था छ ।

सहकारी ऐन, २०७४ को दफा १२२ को देहाय (छ) बमोजिम झुठ्ठा वा गलत विवरण पेस गरी कर्जा लिएमा राखेको धितो कच्चा भएमा सोही ऐनको दफा १२४ को घ (४) बमोजिम कसुरमा बिगो भराई चार वर्षदेखि छ वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको छ । सङ्गठित अपराधअन्तर्गत उल्लेखित सम्बद्ध कसुरमा हुने सजायमा ५० प्रतिशत थप सजाय हुने कानूनी व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?