१८ फागुन, काठमाडाैँ। नेपालको चर्चित अनलाइन सञ्जार माध्यम अनलाइनखबर डटकमको फेसबुक पेज ह्याक भएको छ।
बिहीबार अनलाइनखबरले उक्त सञ्चारमाध्यमको आधिकारिक फेसबुक पेज ह्याक भएको जानकारी दिँदै अहिले पेज अनधिकृत पहुँचबाट टाढा रहेको जानकारी दिएको छ।
अनलाइनखबरको फेसबुक पेजबाट असामान्य पोष्टहरू पब्लिक गरिएका थिए। अहिले ती सबै पोष्टहरू हटाइसकेको समेत अनलाइनखबरले जानकारी दिएको छ।



 
                        
                        
 
                                     
																							 
																							 
																							 
																							 
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                        