१४ चैत्र २०७९, मंगलवार

अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आयो सिके सिनेमाज्



२० फागुन, काठमाडाैँ। सितापाइलास्थित अनुपम् मलमा सिके सिनेमाज्  शुक्रबारदेखि सञ्चालनमा आएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले एक कार्यक्रमका बीच सो हलको शुभारम्भ गरे । नरेन्द्र महर्जन सञ्चालक रहेको हलमा छविलाल तिमिल्सेना, किशोर खतिवडा र विवेक तिमिल्सेनाको लगानी रहेको छ ।

अध्यक्ष केसी भने, “सिनेमा हल कलाकार र दर्शकको लागि मन्दिर हो । शहरमा मात्र होइन, वर्तमान समयमा सिनेमा हलको माग गाउँसम्म विस्तार गर्न जरुरी छ । यसले चलचित्र क्षेत्रको विकासमा मद्दत पुर्याउँछ ।”

कार्यक्रममा प्रतिनिधिसभाका सांसद विराजभक्त श्रेष्ठले नागार्जुन क्षेत्रमा उद्घाटन गरिएको उक्त हल सबैको साझा सम्पति भएकाले यसलाई सभ्य ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

अत्याधुनिक सुविधासहित सञ्चालनमा आएको सिनेमा हलमा तीन सय ९१ सिट क्षमता रहेको छ । करिब १२ करोड लगानीमा निर्माण भएको सिनेमा अत्याधुनिक प्रविधिको प्रयोग गरिएको सञ्चालक नरेन्द्र महर्जनले जानकारी दिए । दुई पर्दा रहेको सिके सिनेमाज्मा शुक्रबारदेखि नेपाली सिनेमा छड्के दुई र छक्का पञ्जा चार रिलिज भएका छन् ।


१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल

११ चैत, चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ ।

१० चैत, काठमाडाैँ । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको

१० चैत, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द