Trending:

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन भिभो नेपालद्वारा ‘न्यानो नानी’ अभियान सुरु लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग रुसको नयाँ एपले भुक्तानीदेखि शिक्षासम्मका सेवा दिने एनसेलले भने :फाइभजी तत्काल सम्भव छैन “निफ्रा ग्रीन इनर्जी बोन्ड ६% – २०८८/८९” को बाँडफाँड सफलतापूर्वक सम्पन्न दिपलले पार ग-यो ५ लाख युनिट डेलिभरीको कोशेढुंगा टुनल्याण्ड जी सेभेनको ऐतिहासिक यात्रा: ८ दुर्गम गन्तव्य, २३ दिन र एक विश्व रेकर्ड एमजी कमेट ईभी नेपाली बजारमा सार्वजनिक एप्पलको नयाँ अपडेट: आईओएस २६ सार्वजनिक यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै नेसनल सेल्स स्किल कन्टेस्ट २०८२ सम्पन्न सूत्रदेखि स्टार्टअपसम्मः गणित शिक्षामा नयाँ आयाम ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना एप्पलको डब्लुडब्लुडीसी २०२५ कार्यक्रम भोलिदेखि सुरु भिभोको दराज एक्सक्लुसिभ ६.६ मिड–इयर सेल: विशेष छुट र थप आकर्षक उपहारहरु ! कर्भ ईभीमार्फत लामो दूरीको ईभी यात्रा, काठमाडौँबाट कन्याकुमारी प्रस्थान ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिब स्टेशन सञ्चालन स्मार्टफोन मर्मत सहज बनाउन ७ वर्षसम्म पाटपुर्जा उपलब्ध गराउने नियम लागु हुँदै चीनले बनायो धातुको टायर, अब पंक्चर हुने झन्झट सकियो एभरेष्ट बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु डोङफेङ नामीको ऐतिहासिक सफलता: ४० भन्दा बढी देशमा १२,००० युनिट निर्यात दिव्या राई माझी डिसहोम इन्टरनेटको ब्रान्ड एम्बेस्डरमा नियुक्त ह्वाट्सएपको नयाँ गोपनीयता फिचर: अब नम्बर लुकाएर युजरनेममार्फत च्याट सम्भव ई–सूचना प्रविधि क्षेत्रका लागि बजेट सकारात्मक रहेको क्यान महासंघको निष्कर्ष सार्वजनिक सवारी बन्दको बीचमा इनड्राइभको भरपर्दो वैकल्पिक सेवा जारी ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण ई–सेवामा थपियो नयाँ सुविधा: अनलाइन होटल बुकिङ यामाहा नेपालले ल्यायो एमटी १५ भर्सन २ किन्ने देशभरका ग्राहकका लागि विशेष राइडिङ ज्याकेट अफर हिमालय रोडिज सिजन ७ : ‘हेल अर हेभन’ को टाइटल स्पोन्सरमा यामाहाको निरन्तरता स्मार्टफोन टिकाउपनको नयाँ परिभाषा: रेड्मी नोट १४ प्रो+ ५जी नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्‍यो “इज अन वालेट” टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा ब्रिद इन शक्ति, प्रदर्शन र फोटोग्राफीको उत्कृष्ट संगम भिभो भी ५० लाईट नेपालमा सरकारद्वारा नयाँ डाटा सेन्टर निर्माणको घोषणा क्लासिक टेकको १ जीबीपीएस ‘इन्टरप्राइज प्रो’ इन्टरनेट प्याकेज सार्वजनिक एलन मस्कको स्टारशिप रकेट परीक्षण फेरि असफल क्याटल र फोटोन मोटर बीच कमर्सियल भेहिकल इलेक्ट्रिफिकेसनका लागि सम्झौता ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक माइक्रोसफ्टमा ६ हजार कर्मचारी कटौती, एआईकै कारण इन्जिनियर बेरोजगार ललितपुर महानगरपालिकाको कोडिङ तालिमका लागि आवेदन खुला कामना सेवा विकास बैंकले अन्तर बैंक टेलर क्यूआर सेवा सुरु एआईको दुरुपयोग रोक्न आवश्यकः मन्त्री पन्त एनसेलद्वारा तीन नयाँ साप्ताहिक प्याक सार्वजनिक, रु ९९ मा डेटा, भ्वाइस र एसएमएस गुगलले ल्यायो शक्तिशाली एआई टुल, शब्दबाट बनाउन सकिनेछ फोटो र भिडियो सिमलेस दुबई २०२५ मा पहिलोपटक नेपाल पविलियनको उद्घाटन ७३ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र रोयल्टी र बक्यौता बुझाउन प्राधिकरणको चेतावनी एनसेलद्वारा अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने प्रतिबद्धता राइडरका लागि खुशिको खबर, टुटलले कमिसन शुल्क हटायो ओमोडा एन्ड जेइकोको ‘स्विच एन्ड ड्राइभ प्रि बजेट एक्सचेन्ज अफर’ सार्वजनिक
अपडेट

मर्दी हिमाल पदयात्रामा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुर्‍याइँदै, इन्टरनेट र टेलिफोनको सुविधा पुग्ने

मर्दी हिमाल पदयात्रामा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुर्‍याइँदै, इन्टरनेट र टेलिफोनको सुविधा पुग्ने
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

२० फागुन, कास्की । जिल्लाको उत्तर पश्चिममा रहेको मर्दी हिमाल पदयात्रा विश्वमै प्रख्यात छ । दशकअघिसम्म गुमनाम जस्तै रहेको माछापुच्छ्रे गाउँपालिकामा पर्ने यो ‘ट्रेकिङ रुट’ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा छ । हाल मर्दीमा क्षेत्रभरिका पर्यटक भेटिन्छन् । पर्यटकलाई सेवा दिन यहाँ सानाठूला गरी ८० होटल तथा रेष्टुरेन्ट खुलेका छन् ।

बर्सेनी पर्यटक वृद्धि भए पनि पर्यटकले विद्युत्, इन्टरनेट र टेलिफोनको सुविधा पदयात्रामा पाउन सकेका छैनन् । मर्दीमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन अझै पुग्न नसक्दा बत्ती बाल्नदेखि लिएर मोबाइल चार्ज गर्न समस्या छ ।

मर्दीको कालीमाटी र घलेल तथा प्रितम देउरालीसम्म मात्र अहिले प्राधिकरणको विद्युत् सेवा पुगेको छ । त्यसबाट पर्यटकले हैरानी पाउने गरेका छन् । बिजुली बत्ती नहुनु मर्दीको प्रमुख समस्या हो । मर्दी क्षेत्रका पर्यटन व्यवसायी, गाउँपालिका लगायतको प्रयासपछि अब भने मर्दी पदयात्रामा प्राधिकरणले केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारको तयारी गरेको छ ।

मर्दीको माथिल्लो क्षेत्रसम्मै बिजुली पु¥याउनका लागि नेपाल विद्युत् प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयले ठेक्का आह्वान गरेर सम्झौताको तयारी भएको माछापुच्छ«े–८ का वडाध्यक्ष राम गुरुङले बताए । उनले भने, “हामीले लामो समयदेखि मर्दीमा विद्युतीकरणका लागि माग गरेका थियौँ, अहिले केन्द्रीय प्रसारण लाइनबाट बिजुली विस्तारका लागि प्राधिकरणबाट ठेक्का आह्वान भएर केही दिनमा खुल्दैछ, मर्दीको पर्यटनमा यसले ठूलो योगदान पुग्नेछ ।”

विद्युत् विस्तारका लागि माछापुच्छ«ेको सिदिङ वा कालीमाटीको ट्रान्सफर्मरबाट माथिल्लो क्याम्पसम्म हाइटेन्सनमार्फत लैजाने गरी पोखरा वितरण केन्द्रले गत वर्ष अध्ययन गरे पनि काम सुरु भएको थिएन । यस वर्षको सुरुआतमै प्राधिकरणले प्राथमिकतामा राखेर काम अघि बढाएको थियो ।

मर्दी हिमाल ट्रेक व्यवस्थापन समितिका संस्थापक सचिव एवं मर्दी हिमाल इको भिलेजका सञ्चालक शिवप्रसाद भण्डारीले विद्युत् नहुँदा पदयात्रामा आउने पर्यटकलाई मोबाइल र क्यामेरा चार्जदेखि इन्टरनेट सुविधा उपलब्ध गराउनसमेत कठिन भएको बताए । मर्दीको केही क्षेत्रमा सोलारबाट बत्ती बाल्ने र इन्टरनेट सुविधा रहे पनि मौसम प्रतिकूल हुँदा समस्या पर्ने गरेको थियो ।

“मर्दी क्षेत्रको मुख्य समस्या भनेकै बिजुली बत्तीको थियो, बिजुली नहुँदा पर्यटकलाई चाहेजस्तो सुविधा दिन सकिएको छैन, पर्यटक बढेसँगै होटल अत्यधिक बढे तर पर्यटकलाई सुविधा भएन, अहिले बिजुली लैजान ठेक्का आह्वानसँगै हामी उत्साहित छौँ”, पर्यटन व्यवसायी भण्डारीले भने ।

मर्दी क्षेत्रमा पर्यटकको चाप बढेसँगै होटल खुल्ने क्रम वृद्धि भए पनि बिजुली नहुँदा समस्यामा परेको पर्यटन व्यवसायीको गुनासो थियो । मर्दी हिमाल पदयात्रा क्षेत्रको डुँढखर्क, फरेष्ट क्याम्प, रेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा र हाइक्याम्प क्षेत्रमा पर्यटकलाई सेवा दिनका लागि होटल सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?